२५ नव जोडीहरुको सामुहिक अन्तर्जातीय रमैणी विवाह समपन्न – Jaleshwortoday

२५ नव जोडीहरुको सामुहिक अन्तर्जातीय रमैणी विवाह समपन्न

 २१ जेष्ठ २०८०, आईतवार ००:०५  
cc

जलेश्वरटुडे समाचारदाता
धनुषा,२० जेष्ठ
कबीर साहेबजीको प्रकट दिवसको उपलक्ष्यमा सतलोक आश्रम धनुषामा आयोजित तीन दिवसीय विशाल भन्डारा तथा अखण्ड पाठ कार्यक्रमको दोस्रो दिन जेष्ठ २० गते शनिबार सिरहाका प्रमुख जिल्ला अधिकारी काशीराज दाहाल तथा धनुषाका प्रमुख जिल्ला अधिकारी भोजराज खतिवडाको उपस्थितिमा २५ नव जोडीहरुको दाइजो तथा आडम्बरमुक्त सामुहिक अन्तर्जातीय रमैणी विवाह सम्पन्न भएको छ । “सन्त रामपाल जी महाराजको सपना छ राम्रो । दाइजोमुक्त होस समाज हाम्रो ॥“ भन्ने नाराका साथ उक्त विवाह कार्यक्रमको आयोजना गरिएको थियो ।
समाजलाई दाइजोप्रथा रुपी राक्षस बाट छुटकारा दिलाउन सरकारले अरबौं रकम खर्च गरेर पनि सफल पार्न नसकेको दाइजोमुक्त समाज अभियान आजको दिनमा सन्त रामपालजी महाराजले बिना कुनै खर्च केवल आफ्नो आध्यात्मिक तत्वज्ञानले सफल पारिरहनुभएको बारेमा प्रशंसा गर्दै दुवै जिल्लाका प्रमुख जिल्ला अधिकारीले यस्ता कार्यक्रमलाई अझ प्रोत्साहन गर्न र यस संस्थालाई भरपुर सहयोग गर्न अन्य सर्व संघ संस्थाहरुलाई अनुरोध पनि गरे ।
दाइजोमुक्त विवाहका साथै आश्रममा निःशुल्क रक्तदान शिविरको पनि आयोजना गरिएको थियो जसमा नेपालका विभिन्न प्रदेशहरुबाट तथा भारत, अमेरिका, बेलायत, अस्ट्रेलिया, क्यानडा, लगायतका देशहरुबाट आएका सन्त रामपालजी महाराजका अनुयायीहरुले बडो उत्साहका साथ रक्तदान पनि गरे।
उक्त रक्तदान कार्यक्रममा ८१ युनिट रक्तदान भएको छ। रेडक्रसले सोचे भन्दा र संचय गर्ने क्षमता भन्दा पनि बढी संख्यामा रक्तदान गरेको देख्दा नेपाल रेड्क्रस जनकपुर शाखाका अधिकारीले सर्व भक्तजन तथा सन्त रामपालजी महाराजको परोपकार प्रति यस समर्पित भावको मुक्त कंठाले प्रशंसा गरेका थिए ।