जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २५ जेष्ठ
मटिहानी नगरपालिका महोत्तरीका ३ विद्यालयका किशोरीहरुलाई लाइ महिनाबारी स्वच्छता तथा आप्mनै सीपप्रयोग गरी प्याड बनाउने सिपबारेमा अभिमूखिकरण कार्यक्रम सम्पन्न भएको छ । मटिहानी नगरपालिकाका ३ वटा विद्यालयका २ सय १३ जना किशोर ीहरुलाई सो प्याड बनाउने सम्बन्धमा अभिमुखिकरण गरिएको छ । अभिमूखिकरणमा मटिहानी नगरपालिकाको वडा न ८ स्थित श्री राम मा.वि., वडा नं. १ स्थित राष्ट्रिय मा.वि. तथा वडा न ९ स्थित लक्ष्मीनारायण मा.वि.का सहभागीहरु उपस्थित थिए । अभिमूखिकरणमा मटिहानी नगरपालिका शिक्षा शाखाका संयोजक चन्देश्वर साह लगायतका ३ वटै विद्यालयका प्रतिनिधीले अभिमूखिकरण अनुगमन गर्नु भएको थियो । अभिमूखिकरण २०८० जेष्ठ १७ देखि २०८० जेष्ठ २२ गते सम्म भएको हो । प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयमा“यु.एस.ए.आइ.डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत उक्त कार्यक्रम सम्पन्न भएको हो ।
वर्तमान अबस्थामा रजस्वला ब्यवस्थापनका प्रक्रियाहरु र यसबाट शिक्षा क्षेत्रमा परेका प्रभावहरु, रजस्वला र सरसफाईः प्रभावहरु र न्यूनिकरणका उपायहरु, रजस्वला ब्यवस्थापन सम्बन्धि स्वच्छता (चर्पी, पानी र साबुन), महिनावारी सामाग्रीहरुको निर्माण, प्रयोग र उचित ब्यवस्थापन आदि कार्यक्रमका मूख्य विषयहरु थिए । विद्यार्थीहरुलाई आफनो महिनावारीलाई सामान्य र मर्यादित तरिकाले व्यवस्थापन गर्न ज्ञान तथा प्याड बनाउने सिपबारे जानकार बनाउनु अभिमूखिकरणको मूख्य उद्देश्य रहेको परियोजनाका व्यबस्थापक प्रसिद्व पोख्रेलले बताउनु भया्े ।