भिठामोड चेकपोष्टका नेपाल प्रहरीले सर्वसाधारणको सामान्य मूल्यका सामानहरु खोस्दै – Jaleshwortoday

भिठामोड चेकपोष्टका नेपाल प्रहरीले सर्वसाधारणको सामान्य मूल्यका सामानहरु खोस्दै

 २७ जेष्ठ २०८०, शनिबार २३:१३  
gg

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २७ जेष्ठ

महोत्तरी जिल्लाको भिठामोड नेपाल भारत सिमा चेक पोष्टका नेपाल प्रहरीले सर्वसाधारणका सामान्य मूल्यका सामानहरु पनि खोस्दै जफ्त गरेको बुझिएको छ ।
नेपाल भारतको सम्बन्ध सदियौदेखि बेटीरोटीको रहेको सबैले बुझे पनि भिठामोड भन्सार नजिकको चेक पोष्टका नेपाल प्रहरीको क्रियाकलापले सो कुरा व्यवहारमा नरहेको छर्लंग बुझ्न सकिन्छ । जेष्ठ २५ गते बिहिबार करिब २ बजे जलेश्वर नगरपालिका वडा नं.—६ साहुजी पट्टीको महादेव दास(दास पत्रिका) को १५ वर्षिय छोरा अमन दासले करिव २ हजार २ सय मुल्य बराबरको घरायसी सामानहरु सिमापारी भारतको भिठामोडबाट ल्याउदै गर्दां चेक जाँच गर्ने क्रममा भिठामोड भन्सार चेक पोष्ट प्रहरीले जफ्त गरेको अमन दासको बुबा महादेव दासले जलेश्वर टुडेको सामाचारदातालाई जानकारी गराएका छन् । दासले संसारीमाईको पुजाको अवसरमा घरायसी प्रयोजन र अतिथि सत्कार समेतको लागि चिसो पेय पदार्थहरुमा १२ वटा रेडबुल,१८ वटा अमुल दुध र ९ वटा सेभेन अप सबा २ लिटरको चेकपोष्ट प्रहरीले जफ्त गरेको बताएका छन् । दासले सो जफ्त गरिएका समानहरु फिर्ता गर्न जति सुकै प्रहरी तथा सहायक सिडिओसँग गुहार गरे पनि आफूले सो सामानहरु प्राप्त नगरेको बताए । दासले एसपिले भने पनि आफूले सो सामानहरु फिर्ता नगर्ने चेतावनी सहित सई विष्णु साहेबले बताएको कुरा जानकारी गराए । साथै पिडीत दासले आफ्नो सामानहरु अबिलम्ब उपलब्ध गराउन सहयोग गरिदिन सबै सम्बन्धित सरोकारबालाहरुसँग अनुरोध गरेका छन् ।
तर यस सम्बन्धमा पछिल्ला समयमा नेपाल उद्योग वाणिज्य संघ महोत्तरीले महोत्तरी प्रमुख जिल्ला अधिकारीलाई सिमामा भई रहेको सर्वसाधारणसँगको दुव्र्यवहारबारेमा ज्ञापन पत्र बुझाए पनि कुनै प्रभाव नपरेको देखिन्छ ।
यता विगतमा भारतीय वाणिज्य दूताबास वीरगंज प्रमुख अन्जु रंजन समेतले जटही सिमानाका संचालनको उद्घाटन गर्ने क्रममा नेपाली जनताले भारतबाट २५ हजार भारु सम्मको सामानहरु घरायसी प्रयोजनको लागि ल्याउदा भन्सार नलाग्ने र चेकपोष्टका नेपाली र भारतीय प्रहरीले सर्वसाधारणलाई कुनै पनि किसिमले परेसान नगर्न पाउने कानुनमै लेखेको बताउनु भएको थियो । तर के हो ? किन हो ? यो जतिसुकै कानुनी व्यवस्था भए पनि यसको कार्यान्वयन नहुनु चूनौतिपूणर् देखिन्छ ।