जलेश्वरटुडे समाचारदाता
धनुुषा, २ असार
नेपाली कांग्रेसका पूर्वउपसभापति विमलेन्द्र निधिले नागरिकताको सवालमा नेकपा एमाले सुरुदेखि नै विरोधी रहेको आरोप लगाएका छन् ।
शनिबार जनकपुरधाममा आयोजित नेपाली कांग्रेस धनुषा निर्वाचन क्षेत्र ३(१) को भेलालाइ सम्बोधन गर्दै नेता निधिले यस्तो आरोप लगाएका हुन् ।
उनले भने, ‘नागरिकता सम्बन्धी कानून बनाउने क्रममा पनि एमालेले थोका दियो, संसदमा यसको बहुमत रहेसम्म पनि कानून बनेन । तर, शेरबहादुर प्रधानमन्त्री रहेको बेलामा जन्मको आधारमा नागरिकता प्राप्त गरेका नेपालीहरुको सन्तानलाई बंशजको आधारमा नागरिकता दिने कानून बहुमतले बन्यो ।’
नेता निधिले कानून बनेपछि त्यसलाई प्रमाणीकरणका लागि यसअघिका राष्ट्रपतिले संसदलाई फिर्ता गरेर महाभुल गरेको आरोपसमेत लगाए ।
उनले नागरिकता विधेयक प्रमाणीकरण गर्नु राष्ट्रपतिको संवैधानिक कर्तव्य रहेको धारणा राखे ।