परियोजना संयुक्त अनुगमन सम्पन्न – Jaleshwortoday

परियोजना संयुक्त अनुगमन सम्पन्न

 ३ असार २०८०, आईतवार २२:०७  
Monotoring Visit 1

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३ असार

प्रकोप ब्यबस्थापन अध्ययन केन्द्रले मटिहानी नगरपालिका महोत्तरीको वडा १, ७ र ९ मा यु.एस.ए.आइ.डि को आर्थिक सहयोगमा तथा मटिहानी नगरपालिकाको समन्वयम ा“यु एस ए आइ डि लोकल वोर्क्सः महोत्तरी“ परियोजना अन्र्तगत २०८९ साल असार देखि २०८० जेष्ठ महिला सम्म परियोजनाले गरेका क्रियाकलापको संयुक्त अनुगमन यहि २०८० साल असार १ गते सम्पन्न गरेका छ । संयुक्त अनुगमन कार्यक्रममा मटिहानी नगरपालिकाका प्रमुख हरि मण्डल, वडा नं. ७ का वडा अध्यक्ष जित नारायण माझी, वडा नं. ९ का वडा अध्यक्ष मदन चौधरी, मटिहानी नगरपालिकाका प्रमुख प्रसासकिय अधिकृत चन्द्रशेखर शर्मा, कृषि शाखा प्रमुख टंक प्रसाद उपाध्याय, पशु सेवा शाखा प्रमुख दिलिप यादव तथा उद्यम शाखा प्रमुख कुन्दन मण्डल परीयोजनाका क्रियाकलापहरु अनुगमन गर्नु भएको थियो । संयुक्त अनुगमन कार्यक्रम मटिहानी नगरपालिकाका १, ७ र ९ वडामा सम्पन्न भएको थियो भने संयुक्त अनुगमन कार्यक्रमलाई “यु एस ए आइ डि लोकलवोर्क्सः महोत्तरी“ परियोजनाले सहजीकरण गरको थियो ।
विश्वव्यापी महामारी, विपद लगायत अन्य विविध कारणले घर परिवार र समुदायमा आएको आर्थिक बोझ तथा प्रभावलाई न्यूनिकरण गरी सीमान्तकृत समुदायका महिला, बालबालिका, वृद्ध, वैदेशिक रोजगारी बाट फर्केका आप्रवासी र अपाङ्गता भएका ब्यक्ति भएको घर धूरिलाई जीविकोपार्जनमा सहयोग गर्नका लागी यस बर्ष परियोजनाले संचालन गरेका नर्सरी, च्याउ, कुखुरा पालन, करेसाबारी, खनिज ढिक्का तथा बगरखेती सम्बन्धी तालिम, बिउ बिजन बितरण तथा नगद सहयोगको पश्चातकोउपलब्धी टोलीले संयुक्त अनुगमन गरेको हो ।