औरही नगरपालिकामा दादुरा-रुबेला खोप अभियान को शुभारम्भ – Jaleshwortoday

औरही नगरपालिकामा दादुरा-रुबेला खोप अभियान को शुभारम्भ

 ४ असार २०८०, सोमबार २२:३८  
hh

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ असार

औरही नगरपालिकामा सोमवार देखि दादुरा-रुबेला खोप अभियान संचालन गरिएको छ।अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा-रुबेला खोप दिइने जनाइएको छ।

अभियान संचालन गर्नु अघि आयोजित समारोहलाई सम्बोधन गर्दै औरही नगरपालिकाका मेयर प्रदीप कुमार खडकाले आफ्नो नगरमा यस अभियानलाई सशक्त रुपमा लैजाने बताए। । उनले अभियानलाई थप प्रभावकारी बनाउन नगरपालिका लागिपरेको बताउँदै आफ्नो भुमिकामा कहि कतै नचुकी आफ्नो कर्तव्य पुरा गर्ने बताए ।

उनले अभियानलाई सफल पार्न आम स्थानीय सरोकारवाला पक्ष तथा आम सञ्चार माध्यमको पनि अमुल्य भुमिका रहेको हुँदा सञ्चारकर्मीले पनि आआफ्नो स्थान बाट सहयोग गर्न अनुरोध गरे ।
त्यसैगरी कार्यक्रमलाई सम्बोधन गर्दै खोप अभियान अन्तर्गत औरही नगरपालिकामा १३ हजार बालबालिकालाई खोप दिइने औरही नगरपालिका स्वास्थ्य शाखा कार्यालयका प्रमुख चन्द्र भुसन ठाकुरले जानकारी दिए ।

जेष्ठ ३१ गते बुधबारको औरही नगरपालिकाको सभाकक्षमा दादुरा रुबेला खोप अभियानबारे जनप्रतिनिधि र बिधालयका प्राध्यापक सित छलफल समेत गरिएको थियो । सोमवार देखि सुरु भएको खोप अभियान ८ गतेसम्म सञ्चालन हुने स्वास्थ्य शाखा प्रमुख ठाकुरले जनाए।खोप अभियान स्वास्थ्य संस्था, विद्यालयलगायत क्षेत्रमा सञ्चालन गरिने उनले जानकारी दिए ।

“खोप पूणर्रुपमा सुरक्षित र प्रभावकारी रहेकाले आफ्ना सम्पूणर् बालबालिकालाई सम्बन्धित खोप केन्द्रमा लगेर खोप लगाइदिन आग्रह गर्छु”, ठाकुले भने, “यो रोग सबै उमेर समूहलाई लाग्न सक्ने भए पनि बालबालिकालाई बढी असर गर्छ । त्यसैले लक्षित उमेर समूहलाई खोप लगाउँदै छौँ ।”

सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान सञ्चालन गरेको हो । औरही नगरपालिकाको ९वटै वडामा खोप केन्द्रबाट खोप दिइने छ । साथै २५० जनामा २ जना कर्मचारी र २ जना स्वयम् सेवक सबै वडामा स्वास्थ्यकर्मी खोप सेवाका लागि खटिएका छन् ।

औरही नगरपालिका स्वस्थ्य शाखाद्वारा अभियान सुरु हुन नगर प्रमुख प्रदीप कुमार खडकाको अध्यक्षतामा र जिल्ला समन्वय समितिका अध्यक्ष सुमन लाल कणर्को प्रमुख आतिथित्यतामा अघि एक कार्यक्रमको आयोजना गरि अभियाना.थालिनी भएको गरिएको हो ।

कार्यक्रममा उपमेयर रेनु झा, बिशिस्ट अथिति रजिव झा र वडा १ का वडा अध्यक्ष योगी चौधरी, लोसपा नगर संयोजक दरेश यादव लगायत राजनीतिकर्मी र स्थानीयहरुको उपस्थितमा नगर प्रमुख र प्रमुख अथितिले मैन बत्ती बालेर र बालबालिकालाई खोप लगाएर शुभारम्भ गरिएको थियो।