जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ४ असार
दोस्रो चरणमा दादुरा तथा रुवेला खोप अभियान असार ११ गते सोमबारदेखि संचालन भएर असार १५ गते
शुक्रबार समपन्न हुने स्वास्थ्य कार्यालय महोत्तरीको कार्यालय प्रमुख भोला यादवले बताउनु भएको छ । अभियान अन्तर्गत ६ महिनादेखि १५ वर्षमुनिका बालबालिकाका लागि दादुरा(रुबेला खोप दिइने समेत वहाँले जानकारी गराउनु भयो ।
सरकारले सन् २०२६ सम्ममा दादुरा रुबेलालाई निवारण गर्ने लक्ष्य पूरा गर्न खोप अभियान—२०८० सञ्चालन अन्तर्गत महोत्तरीमा पहिलो चरणमा ७ वटा पालिकाहरु मध्ये बर्दिबास,गौशाला,औरही,भंगहा,रामगोपालपुर,सोनमा र सम्सीमा असार ४ गतेदेखि ८ गते असारसम्म चल्ने तथा दोस्रो चरणमा महोत्तरीको ८ वटा स्थानिय निकायहरुमा जलेश्वर,मटिहानी,मनरासिस्वा,बलवा,,लोहारपट्टी,एकडारा,महोत्तरी र पिपरामा खोप दिइने स्वास्थ्य कार्यालय प्रमुख यादवले बताउनु भयो । यस अभियानबाट सबै महोत्तरीबासीले लाभ लिन आग्रह समेत स्वास्थ्य कार्यालय प्रमुख यादवले गर्नु भएको छ । स्वास्थ्य कार्यालय महोत्तरी जलेश्वरको सूचना अधिकारी गिरेन्द्र कुमार झाले समेत यो अभियानलाई सफल पार्न सबै महोत्तरीबासीले आफ्ना बालबालिकाहरुलाई समयमै खोप दिलाउन आग्रह गर्नु भयो ।