जलेश्वरटुडे समाचारदाता
काठमाडौं, ५ असार
एकदिवसीय विश्वकप क्रिकेटको क्वालिफायरमा नेपालले अमेरिकाविरुद्ध ६ विकेटको प्रभावशाली जित हासिल गरेको छ ।
हरारेमा २०८ रनको लक्ष्य नेपालले ४२ बल अगाडी नै ४ विकेट गुमाएर पार गरेको हो । नेपालको जितमा भीम सार्कीले अविजित ७७ रनको योगदान गरे । उनलाई अन्तिमसम्म साथ दिएका दिपेन्द्र सिंह ऐरीले ३२ बलमा ३९ रन बनाए ।
ओपनर कुशल भूर्तेल ३९ र आसिफ शेख १२ रनमा आउट भएपछि दबाबमा परेको नेपाली इनिङ्स भीमले सम्हालेका थिए । उनले ७ चौका र एक छक्का प्रहार गरे । कप्तान रोहित पौडेल १६ र कुशल मल्ल १३ रनमा आउट भए ।
त्यसअघि अमेरिका ४९ ओभरमा २०७ रन बनाएर अलआउट भएको थियो । अमेरिकाका लागि शायान जहाँगीरले शतक प्रहार गरे । ७९ बलमा १०० रन बनाएका उनी अविजित रहे । सुशान्त मोदानीले ४२ रन बनाए ।
नेपालका लागि करण केसीले ४ विकेट लिए । यस्तै गुल्सन झाले ३, दीपेन्द्र सिंह ऐरीले २ र ललित राजवंशीले १ विकेट लिए। सन्दीप लामिछाने आज पनि विकेटविहीन रहे ।
जि सँगै नेपालले २ अंक जोडेको छ । नेपाल पहिलो खेलमा जिम्बावेसँग पराजित भएको थियो । अमेरिकाले लगातार दुई खेल हारेको छ । नेपालले अर्को खेल पर्सि बिहीबार टेष्ट राष्ट्र वेस्ट इन्डिजसँग खेल्नेछ ।