सिमानाका खोल्न आवश्यक – Jaleshwortoday

सिमानाका खोल्न आवश्यक

 १ मंसिर २०७७, सोमबार २३:४९  
editorial

नेपाल—भारत सिमानाका करीब ८ महिनादेखि कोरोना भाइरसको कारण बन्द रहेको छ । केहि दिन अगाडी तातोपानी नाकामा सामान्य आवात जावत भए पनि अन्य नाकाहरु बन्द नै रहे । वास्तवमा कोरोना संक्रमणको प्रारम्भिक चरणमा सिमानाका बन्द गर्नु स्वाभाविक तथा आवश्यक थियो । भारत सरकारले सिमा नाका बन्द नगरेको आमजनतालाई जानकारी भएको तथ्य हो । अर्थात अहिलेसम्म सिमानाका बन्द रहनु नेपाल सरकारकै चिन्तन रहेको स्रोतबाट बुझिएको छ । अहिले प्रायःजसो नेपालको सिमानाका रहेको विभिन्न ठाउँहरुबाट नेपाल—भारत सिमानाका खोल्न दबाब आइरहेको अवस्था छ । अर्थात अव संक्रमण नियन्त्रित रहेको ,जनताको आर्थिक अवस्था ज्यादै नै कमजोर भएकोे र नेपाल सरकारको अहिलेसम्म जनताको लागि आर्थिक प्याकेजबारे स्पष्टता नरहेको कारण सिमानाका खोल्न आवश्यक रहेको जनआवाज छ । नेपाल सरकारलाई स्थानिय सरकार तथा प्रदेश सरकार समेतले संयुक्त रुपमा सिमानाका खोल्न दबाब दिनु जरुरी छ । यसको लागि अन्य सम्बन्धीत सरोेकारबालाहरुले समेत नेपाल सरकारलाई ध्यानाकर्षण गराउनु अति आवश्यक रहेको देखिन्छ ।