मटिहानी नगरपालिकाले ४० करोड ३९ लाखभन्दा बढीको बजेट ल्याए – Jaleshwortoday

मटिहानी नगरपालिकाले ४० करोड ३९ लाखभन्दा बढीको बजेट ल्याए

 ८ असार २०८०, शुक्रबार ०८:४६  
bb

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ असार

मटिहानी नगरपालिकाले ४० करोड ३९ लाखभन्दा बढीको बजेट ल्याएको छ । मेयर हरिप्रसाद मण्डलले नगरपालिकाको ११ औ नगरसभामा अगामी आर्थिक वर्ष २०८०÷०८१ का लागि ४० करोड ३९ लाख ८ हजार १ सय रुपैयाको बजेट प्रस्तुत गरेको हो । उनले वडा समितिहरुको प्रशासनिक तथा साधारण खर्च रकम तीन लाखको दरले २७ लाख विनियोजन गरिएको जानकारी दिए। बस्ती तथा वडास्तरबाट छनौट भई आउने योजना सञ्चालन समेत गरी बड़ा समितिको पुँजीगत खर्चतर्फे ५७ लाखको दरले ५ करोड १३ लाख रुपैया विनियोजन गरिएको पनि सुनाए । चालु आर्थिक वर्षमा सम्पन्न हुन नसकेका योजनाहरुलाई अगामी आर्थिक वर्ष २०८०÷०८१ मा सम्पन्न गर्न सोही अनुसार बजेट विनियोजन गरिएको मेयर मण्डलले बताए ।
नगरपालिकाको अगामी आर्थिक वर्ष २०८०÷०८१ को नीति कार्यक्रमहरुले स्थान पाएको छ । नाति, तथा कार्यक्रममा कृषि, पर्यटन, शिक्षा स्वास्थ्यजस्ता क्षेत्रलाई मुख्य प्राथमिकतामा राखिएको छ । अगामी तथा कार्यक्रम तथा बजेट प्रस्तुत गर्दै मेयर मण्डलले स्थानीय जनताको जीवनस्तर माथि उकास्न स्थानीय ज्ञान, सीप रक्षमतालाई प्रश्रय दिने नीति अवलम्बन गरिने बताए ।
नगरपालिकाको कार्यहरुमा आर्थिक वर्षको नीति कार्यक्रममा मखान खेतीलाई व्यवसायीकरणमा निरन्तरता किसानलाई पादर्शिता, आर्थिक अनुशासन तथा परिचयपत्र वितरण, लक्ष्मी सागरलाई प्रदशक नमूना पोखरीका रुपमा विकास बनाउने, मटिहानी मठलाई विश्व सम्पदा सूचीमा सूचिकृतको लागि नेपाल सरकारसँग अनुरोध गरिने जस्ता विषय समेटिएको छ । सामाजिक न्यायलाई अङ्गीकार गर्दै भ्रष्टाचारमुक्त विधिको शासन व्यवस्थाको सुनिश्चितता गरिने उनको भनाई थियो । नगर निर्माणको कार्यमा समुदाय, सहकारी, गैरसरकारी तथा निजी क्षेत्र लगायत साझेदार संघसंस्थाहरुको सहकार्य आवश्यक हुने बताउँदै मेयर मण्डलले भने सहभागितामूलक साझेदारीलाई प्रश्रय दिने र बहुलगानीको सम्भावना बढाउने कार्यहरुलाई प्राथमिकता दिइनेछ ।
यस्तै सामुदायिक विद्यालयका कक्षा ९ मा अध्ययनरत छात्रालाई ल्यापटप वितरण सामुदायिक विद्यालयका कक्षा ११ मा अध्ययनरत छात्रालाई निशुल्क साइकल वितरण, राम माविमा स्नातक तहसम्मको पढाईका लागि विशेष पहल गरिने, गर्भवतीको लागि निशुल्क अल्ट्रासाउण्ड सेवा, मटिहानी बजारमा ’वाटर एटिएम सञ्चालनमा ल्याइने जस्ता लोकप्रिय कार्यक्रम ल्याएको छ । आव २०८०÷०८१ को बजेट आर्थिक सामाजिक र सांस्कृतिक रुपमा पछाडी परेका समुदायहरु समेतलाई मध्यनजर गर्दै नगरबासीको सर्वोपरी हितलाई ध्यानमा राखी नगरको चौतर्फी विकासमा सहयोग पुग्न सक्ने उद्देश्यमा परिलक्षित रहेको मेयर मण्डलले दावी गरे । संघीय सरकारका श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शरतसिंह भण्डारीको प्रमुख आतिथ्यमा आयोजित नगरसभाको उद्घाटन समारोहमा प्रदेश सांसदहरु अभिराम शर्मा, रानी शर्मा तिवारी, जयनुल राईन, रमिता प्रधान, जिल्ला समन्वय समिति महोत्तरीका प्रमुख सुमनलाल कर्ण,महोत्तरीका प्रमुख जिल्ला अधिकारी दिपक पहाडी, महोत्तरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रकाश मल्त, नगरउपप्रमुख मजुदेवी साह, नगरसभा सदस्यहरु, विभिन्न राजनीतिक दलका प्रतिनिधिहरु लगायतको उपस्थिती रहेको थियो ।