जलेश्वरटुडे समाचारदाता
महोत्तरी, २ मंसिर
देशभरी सोमबार मौसम बदली भएसँगै चिसो बढेको छ । आज बिहानैदेखि मौसममा आएको बदलीका कारण चिसो बढेको हो । जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा वर्षाको सम्भावना छ ।मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज महोत्तरीको न्यूनतम तापक्रम १४ दशमलव ५ र अधिकतम तापक्रम २९ दशमलव ३ डिग्री सेल्सियस छ । त्यस्तै आज सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १ दशमलव शून्य डिग्री र सबैभन्दा धेरै विराटनगरको अधिकतम तापक्रम ३२ दशमलव ७ डिग्री सेल्सियस छ । पश्चिमी वायुको प्रभावले आगामी तीन दिन देशको अधिकांश स्थानमा हल्का वर्षाका साथै उच्च पहाडी तथा हिमाली भूभागका केही स्थानमा हल्कादेखि मध्यम हिमपातको सम्भावना रहेको विभागले जनाएको छ ।राति देशभर आंशिकदेखि सामान्य बदली हुनेछ । यस्तै देशका उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना छ ।