जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १३ असार
औरही नगरपालिकाका कृषकहरूलाई विषादी छर्ने “स्प्रे” मेसिन वितरण गरिएको छ। प्रधानमन्त्री कृषि आधुनिकीकारण परियोजना पकेट बिकाश कार्यक्रममा औरही नगरपालिका कृषि बिकास शाखाद्वारा स्प्रे मेसिन,हजारी,त्रिपाल,विभिन्न जातका तरकारी वीउ बिजन वितरण गरिएको हाे।
दुई कृषक कुस्मि दाइ कृषक समूह श्रीपुर र जङ्गादिप कृषक समूह कबिलाशाका कृषक समुहलाई उन्नत खेति प्रबिधि अवधारणा सम्बन्धि एक दिने अभिमुखीकरण कार्यक्रममा कृषक समुहका ५२ जन कृषकहरूलाई नगर प्रमुख प्रदिप खडकाको हातबाट विषादी छर्ने “स्प्रे” मेसिन,हजारी,त्रिपाल,विभिन्न जातका तरकारी वीउ बिजन वितरण गरिएको हो । विषादी छर्ने मेसिन र स्प्रेयर,हजारी,त्रिपाल,विभिन्न जातका तरकारी वीउ बिजन प्रधानमन्त्री कृषि आधुनिकीकारण परोयोजना पकेट बिकाश कार्यक्रम अन्तर्गत औरही नगरपालिका ३ र ४ मा गठन गरिएको कृषक समूहका कृषकहरुको लागि प्याकेज ल्याएर खेतीपातीतर्फ आकर्षित गर्दै आएको नगरप्रमुख खड्काले बताए ।
नगरले कृषकलाई लक्षित गर्दै खेतखेतमा पानीको बन्दोवस्त, विउ विजन, अनुदानमा मलखाद्य, बिउविजन, प्रदान गरेर नगर कृषिमैत्री बन्दै गएको नगरप्रमुख खड्काले जानकारी दिए। औरही नगरपालिकाको दुई समुहका ५२ जना कृषकहरुलाई सो विषादी औषधि छर्ने “स्प्रे” मेसिन,हजारी,त्रिपाल,विभिन्न जातका तरकारी वीउ बिजन उपलब्ध गराएको नगर कृषि शाखा प्रमुख कबिता बिष्टले जानकारी दिईन् ।
सो विषादी छर्ने “स्प्रे” मेसिन हातबाट चलाउन मिल्ने किसिम र हजारी,त्रिपाल,विभिन्न जातका तरकारी वीउ बिजन वितरण गरिएको अधिकृत बिष्टले जानकारी दिईन् । सो कार्यक्रममा कृषि शाखाका कर्मचारी,संचारकर्मी तथा कृषकहरुको सहभागीता रहको थियो ।