आइतबार देशभरका न्यायालयका कर्मचारीको आन्दोलन – Jaleshwortoday

आइतबार देशभरका न्यायालयका कर्मचारीको आन्दोलन

 June 30, 2023  
dd

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, १४ असार

आइतबार देशभरिका न्यायालयमा कार्यरत कर्मचारीहरुले आन्दोलन गर्ने भएका छन् ।

१३ असारमा जिल्ला अदालत ललितपुरमा नासु प्रेमिका तामाङलाई काम गरिरहेको अवस्थामा कानुन व्यवसायी अमिर लामिछानेले आक्रमण गरेको भन्दै विरोध स्वरुप देशभरीका कर्मचारीहरुले आन्दोलन स्वरुप साढे ३ घण्टा काम रोक्ने तयारी गरेका हुन् ।

सर्वोच्च अदालत अन्तर्गतका राष्ट्रियस्तरका ४ वटै ठुला कर्मचारी संगठनले संयुक्त रुपमा विज्ञप्ती जारी गर्दै आइतबार बिहान १० बजे देखि अपरान्ह १ः३० बजेसम्म देशैभरीका सम्पूर्ण अदालतहरुमा कामकारवाही बन्द गर्न अदालतमा कार्यरत सम्पूर्ण कर्मचारीहरुलाई आह्वान गरेका हुन् ।

हातपात गर्ने लामिछानेलाई कानून बमोजिम हिरासतमा राखेर कानुनी प्रक्रियामा अगाडि बढिरहेको अवस्थामा कारवाहीको लागि प्रतिवद्दता जनाउनुको सट्टा उच्च अदालत पाटन बारले कानुन व्यवसायी लामिछानेलाई रिहाईको माग गरेको भन्दै आन्दोलन गर्ने जनाएका हुन् ।