प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठ्क अवरुद्ध – Jaleshwortoday

प्रधानमन्त्रीको राजीनामा माग्दै प्रतिनिधिसभाको बैठ्क अवरुद्ध

 २० असार २०८०, बुधबार २१:४०  
hh

जलेश्वरटुडे समाचारदाता
काठमाडौं, २० असार

प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग गर्दै नेकपा एमालेले प्रतिनिधिसभा बैठक अवरुद्ध पारेको छ ।

एमालेको संसदहरूले बुधबार प्रतिनिधिसभा बैठक सुरु हुनेबित्तिकै प्रधानमन्त्रीको अभिव्यक्तिप्रति आपत्ति जनाएका थिए ।

‘प्रधानमन्त्रीले जे भन्नुभएको छ‚ नैतिकताको आधारमा राजीनामा दिनुपर्छ । दिल्लीले बनाउने प्रधानमन्त्री चाहिँदैन । प्रधानमन्त्रीको राजीनामा नआएसम्म यो संसद् अघि बढ्न सक्दैन‚’ एमालेका सांसद रघुजी पन्तले भने, ‘हामीलाई स्वाभिमानी प्रधानमन्त्री चाहिएको हो । लोण्डुप दोर्जेको नेपाली संस्करण चाहिएको होइन ।’

त्यसलगत्तै एमाले‚ रास्वपा र राप्रपाका सांसदहरू ह्वेलअघि भेला भएका थिए । दलहरूले बैठक अवरोध गर्न थालेपछि सभामुख देवराज घिमिरेले बैठक आधा घण्टाका लागि बैठक स्थगित गरेका छन् ।