पवन प्रसाद साह
वीरगञ्ज, २२ असार
वीरगंज महानगरपालिका वडा नं १० मा खाने पानीको बोरिङ निर्माण भएपछि त्यस क्षेत्रका स्थानीय हर्षित भएका छन् । वडा नं १० को वडा स्तरीय बजेट वडा अध्यक्ष सुशील साह कानुले जडान गराएका हुन।
वर्षा नभएको र बढ्दो गर्मीका कारण जमिनमुनि सतहमा पानी सुक्दा चापकलहरूमा पानी आउन छोडेपछि उक्त वडाका स्थानीय धेरै नै पीडित भएका थिए।
लगभग १०० घरधुरीका जनता खाने पानीको विकराल समस्या रहेको थियो। टाढा टाढाबाट पानी बोकेर खानुपर्ने बाध्यता रहेको थियो तर अब त्यो समस्याबाट मुक्त भएपछी स्थानिय खुशि भएका छ । बोरिङ हलाउने सात दिन देखि मिस्त्री लागेपनी पानी नआएको ले गर्दा वडा अध्यक्ष सुशील साह कानुले दवाव दिइ काम गराएका थिए ।अब सो बोरिङलाई पाइपको माध्यम घर घरमा पुर्याउने लक्ष्य रहेको अध्यक्ष कानुले बताए ।
आफ्नो वडा कोइ पनि जनतालाई खानेपानीको अभाव हुन नदिने उहाले बताए।दिन प्रती दिन बढ्दो गर्मीको कारण जमिन मुनिको पानीको सतह घट्दै गइरहेको तथा यसलाइ रोक्न सम्पुर्ण वडा का जनता सचेत हुन आग्रह समेत उनले गरे। यसका लागि बृक्षारोपन गर्न आवश्यक रहेको बताए। उनी समाज को बिकाश का लागि लागि परेको बताए । अहिले वडा नं १० मा विभिन्न बिकाश को काम भइ रहे को बताए । अशोक बाटिका सोन्दर्यकरण , घडिअर्वा पोखरी को चार वटै गेट को पुर्ननिर्माण लगायत बृक्षा रोपन कार्य समेत भइरहेको बताए ।
बोरिङ लगाउन पहल गरेका संचारकर्मी राहुल गुप्ता अहिले वीरगंजमा पानीको अभावले जनता धेरै नै पिडित रहेका छन।यस्तो आकाल परेको बेला सम्पुर्ण जनता एक भएर पर्यावरण बचाउनु पर्ने बताए।चुरे पर्वतको दोहनले तराइ तिर पानी को आकल बढै गएको तथा यस्लाइ रोक्नु पर्ने उनले बताए।
त्यस्तै बोरिङको लगाउनका लागि अप्रत्यक्ष रुपमा नेपाली कांग्रेसका नेता एवम वीरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलमले सहयोग गरेका थिए। उनले पानी आवश्यक परेको बेला रात हो या दिन कुनै बेला पनि वीरगंज महानगरपालिकाको दमकल पठाउने गरेका थिए।