यस वर्ष २०७९ सालको एसईईको परिणाम समयमै आएर सबै विद्यार्थीहरुमा हर्ष तथा आनन्दको सहजै महसुस गर्न सकिन्छ । फ्लामे ढोका वा आयरण गेट झै मानिने एस.एल.सी.अहिले एस.ई.ई परीक्षार्थीहरुलाई हार्दिक बधाई तथा शुभकामना दिन चाहन्छौं । वास्तवमा अहिले प्रत्यक्ष तथा अप्र्रत्यक्ष रुपमा ती परीक्षार्थीहरुलाई बधाईको ओइरो लागेको विभिन्न सामाजिक सञ्जालबाट बुझ्न सकिन्छ । यसै बखत अभिभावकहरु पनि आ—आफ््ना विद्यार्थीहरुका परिणाम हेरेर प्र्रफुल्लीत देखिन्छ । पठ्नपाठ्न गराउनु हुने शिक्षालयहरु समेत आफ्ना विद्यार्थीहरुलाई विभिन्न कार्यक्रम मार्फत बधाई तथा शुभकामना दिन व्यस्त रहेको देखिन्छ । वास्तवमा यो हुनुु पनि स्वभाविक देखिन्छ । सामुदायिकको १० वर्ष र नीजि विद्यालयको १४ वर्ष पछिको एकमुष्ठ मिश्रित प्रतिफलले अहिले नेपालभरी नै खुशियाली छाएको महसुस गर्न सकिन्छ । शिक्षा नै यस्तो ज्ञानको ज्योति हो जसले अपूर्णलाई पूर्ण,खराबलाई राम्रो र राम्रोलाई पनि लोकप्रिय बनाउँछ । अहिले सम्पूर्ण नेपाली आमाबुबा,दिदीबहिनी तथा दाजुभाई यो शिक्षा रुपी ज्ञानको ज्योतिको प्रशंसा गर्नमा लागेका छन् । हाम्रो देशमा अहिले पनि केहि समुदायहरु शिक्षाबाट बञ्चित छन् जसलाई शिक्षालयसम्म ल्याउन सबै विद्यार्थीहरु तथा सरोेकारबालाहरुको जिम्मेबारी रहेको देखिन्छ ।
अहिले माध्यमिक शिक्षा भनेको कक्षा ९ देखि कक्षा १२ सम्मको शिक्षालाई बुझिन्छ । त्यसकारण अहिले हाम्रो एस.ई.ई उतिर्ण विद्यार्थीहरुले अब कक्षा ११ को तयारीमा लाग्न आवश्यक देखिन्छ । यतिबेला अरुकोे देखासिकी गर्नु भन्दा पनि आफ््नो विगतको तयारीले बढी सहयोग गर्न सक्ने अर्थात आफूलाई मन पराउने संकाय छनौट गर्न आवश्यक रहेको देखिन्छ । शिक्षा,व्यवस्थापन,कला,विज्ञान लगायतका प्रमुख संकायहरु छन् । सामुदायिक तथा नीजि तर्फ प्राविधिक शिक्षा समेत रहेका छन् । यतिबेला सबैभन्दा राम्रो आफूभन्दा बढी जान्ने शिक्षक तथा आफन्तको सहयोग लिदा पछि समस्या हुुदैन ।
यहि सुनौलो समय हो जसले प्रत्येक विद्यार्थीको भविष्य र जिवनको जग बनाउन सहयोग गर्ने छ । यतिबेला राम्र्रो निर्णय लिन सकियो भने जिवन स्वर्णिम तथा सुन्दर बन्दछ । त्यसकारण यसको सबै विद्यार्थीहरुले अभ्यास गर्दा पक्कै पनि राम्रो होला जस्तो हाम्रो विगतको अनुभवले बताउँछ ।
नीजि शिक्षालय वा क्याम्पस रोज्दा अहिले मधेस प्रदेशको राजधानी जनकपुरधाम शिक्षाको हब बनेको भन्दा कसैको दुई मत नहोला । यहाँ विगतको समयभन्दा अहिले धेरै कुराहरुमा सुधार भई सकेको छ । यहाँ सुलभ,राम्रो व्यवस्थापन तथा सस्तोमा पढाई लेखार्ई सम्भव रहेको छ । कक्षा १२ सम्म होम टावनमा पढ्दा राम्र्रो हुन्छ भन्नेहरुमा धेरै बुद्धिजिवीहरुको सल्लाह रहेको देखिन्छ । तर कतिपय समपन्न परिवारका विद्यार्थीहरु तथा अभिभावकहरु आफ्नो पहुँच तथा सहजताको आधारमा बाहिरका शिक्षालयहरु पनि रोज्छन् । शिक्षालय भन्दा पनि विद्यार्थीहरुको लगन र मिहिनेतले जहाँ पनि राम्र्र्रो बनाउँछ । मिहिनेत त हाम्रो अदृष्य पूँजी हो जसको उपयोग सबैले गर्नुपर्छ । अन्त्यमा सबै विद्यार्थीहरु तथा भोलिका कर्णधारहरुलाई स्वर्णिम तथा सुन्दर भविष्यको कामना गर्दछौं ।