जलेश्वरटुडे समाचारदाता
पर्सा, २६ असार
बैदेशिक रोजगार बोर्डको सचिवालय बबरमहल काठमाण्डौ को सहयोगमा तथा क्रियटिभ स्किलस प्रा.लि द्वारा वीरगंज स्थित मधुसाला होटलमा आयोजित वेटर तालिम २०८० साल असाढ ६ गते देखि सुरु भएको २०८० साल श्रावण १ गते सम्पन्न हुने १६६ घण्टे वेटर तालिमको वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलमले अनुगमन गरेका हुन्।
अनुगमन को क्रममा क्रियटिभ स्किलस प्रा.लि का अध्यक्ष वीरगंज महानगर का उप प्रमुख आलमलाई खादा र दोसाला ओढाइ स्वागत गरेका थिए।
अनुगमनको क्रममा वीरगंज महानगर उप प्रमुख आलमले आफ्नो धारणा राख्दै भने यो वेटर तालिम आजको युवाहरुको लागि रोजगारको श्रोत हुने छ । यस्तो तालिम प्राप्त गरिसके पछि कुनै पनि राम्रो होटलहरुमा जागिर पाउन सजिलो हुन्छ । आजको दिनमा तालिम प्राप्त वेटरहरु पाउन धेरै नै गारोह रहेको कुरा बताए।
साथै सरल रुपमा बुझ्दा वेटर त्यस्तो जनशक्ति हो,जसले होटल–रेस्टुरेन्टमा आगन्तुकको अर्डर लिने र परिकार पुर्याउने (सर्भे गर्ने) काम गर्छन् । अतिथि सत्कारसँग जोडिएको एक महत्वपूर्ण पेशा हो यो । वेटरको बानी–व्यवहार र प्रस्तुतिले समग्र होटलकै साख अनि मूल्य जोगाउन सक्छ । किनभने होटल-रेस्टुरेन्टमा प्रवेश गर्ने हरेक पाहुनासँग सबैभन्दा पहिले सम्पर्कमा आउने जनशक्ति नै वेटर हुन् वीरगंज महानगरका उप-प्रमुख आलमले बताए।
कहाँ अवसर ?
सामान्यदेखि स्तरीय रेस्टुरेन्ट, ब्याङ्केट हुँदै पाँचतारे होटलसम्म वेटरको खपत हुन्छ । देशदेखि विदेशसम्म वेटरले कामको अवसर पाउन सक्छन् । यसको सोझो अर्थ हो, वेटरको दक्षता भएकाले फुर्सदमा बस्नुपर्दैन ।
के भनिन्छ भने आगामी सन् २०३० सम्ममा नेपालमा शेराटन, होलिडे इन, क्राउन प्लाजा जस्ता तारेस्तरका होटलहरु भित्रिंदैछन् । त्यो पनि दर्जनौंको संख्यामा । नेपालमा अहिले ११ वटा पाँचतारे होटलसहित तारे, बुटिक, रिसोर्ट गरी डेढ सय हाराहारीमा लक्जरियस होटल सञ्चालनमा छन् । यो तथ्यांकले के देखाउँछ भने हस्पिटालिटीमा रोजगारीको अनन्त अवसर छ । त्यसको एउटा अभिन्न अंश हो, वेटर पनि हो आलमले भने।
उक्त तालिम अनुगमन गर्नेमा वीरगंज महानगरपालिकाका उप-प्रमुख इम्तियाज आलम,उप-प्रमुखका स्वकीय सचिव शेष हजरा,नेपाली कांग्रेसका नेता धर्मराज यादव,रंजन कुमार साह,मो.सफ अली,संदिप कुमार यादव, पत्रकार राहुल कुमार गुप्ताको सहभागिता रहेको थियो।