जलेश्वरटुडे समाचारदाता
धनुषा, २८ असार
धनुषाको सबैला नगरपालिका वडा ४ अन्तर्गत ज ३ प ८१६९ नम्बरको प्लेटिना १२५ सिसी मोटरसाइकलमा सबार भई आफ््नो निवासस्थान पटेर्वाबाट जनकपुरधाम जाने क्रममा जलेश्वरटुडे दैनिक पत्रिकाको समाचारदाता रामचन्द्र्र यादवलाई बिहिबार दिउसो करिव २ बजेर
३० मिनेटमा विपरित दिशाबाट आउदै गरेको अपरिचित नाउँँ नखुलेको प्रदेश—२—०२,००५ प,१०७१ गाडी नम्बर भएको कालो रातो रंगको पलसर मोटरसाइकलमा २ जना सबार चालकले ठक्कर दिदाँ घाइते भएका छन् ।
घाइते यादवलाई बायाँ खुट्टाको तल्लो र वीचको भागमा अत्यधिक चोट लागि मांसपेशी काटिएर रक्तश्राव भई शरीरमा अत्यधिक चोटपटक लागेर घटनास्थलमै लडी अचेत भएका थिए । स्थानियको सहयोगमा घाइते यादवलाई जनकपुरधामको प्रादेशिक अस्पतालको आकस्मिक कक्षमा भर्ना गरिएको थियो । यता मोटरसाइकल चालक सहित सबार एक जना अहिले सम्म फरार रहेको घाइते यादवले बताए । घाइते यादव अनुसार जनकपुरधाम उपमहागर प्रहरी तथा स्थानिय सबैला प्रहरी कार्यालयलाई आफूले घटनाबारे जानकारी गराएको बताए । घाइते यादवले फरार मोटरसाइकल चालकलाई सिघ्र्र समात्न लगाई कारबाही गर्न तथा आवश्यक क्षतिपूर्ति समयमै उपलब्ध गराईदिन सरोकारबालाहरुसँग जोडदार माँग गरेका छन् । जलेश्वरटुडे दैनिक पत्रिका तथा अनलाइनको प्रकाशक तथा सम्पादक पवन कुमार साहले निजको सिघ्र स्वास्थ्य लाभको कामना सहित दोषिलाई कारबाहीको माँग गरेका छन् ।