मटिहानी नगरपालिकाद्वारा वारुणयन्त्र खरिद – Jaleshwortoday

मटिहानी नगरपालिकाद्वारा वारुणयन्त्र खरिद

 ३० असार २०८०, शनिबार २२:३४  
hh

जलेश्वरटुुडे समाचारदाता
महोत्तरी, ३० असार

महोत्तरीको मटिहानी नगरपालिले वारुणयन्त्र खरिद गरेको छ । आगलागीको घटना भएपछि त्यसलाई नियन्त्रण गर्ने उदेश्यले नगरपालिकाले वारुणयन्त्र खरिद गरेको हो ।

५९ लाख २५ हजारको लागतमा खरिद गरिएको वारुणयन्त्र चार हजार पाँच सय लिटर पानी बोक्न सक्ने क्षमता रहेको मटिहानी नगरपालिकाको इन्जिनियर विमलेश साहले बताए ।

छ हजार ४६० घर धुरी रहेको मटिहानी नगरपालिका वारुणयन्त्र खरिद भई सञ्चालनमा आएपछि स्थानीयहरू खुसी भएका छन् । वारुणयन्त्र नहुँदा आगलागी लगायतका घटनाहरूमा छिमेकी नगरपालिका र जिल्ला बाहिरबाट ल्याउनुपर्ने बाध्यता थियो ।

यसैबीच, वारुणयन्त्रको नगर प्रमुख मण्डलले उद्घाटन गर्नुभयो । सो अवसरमा उहाँले चाँडै नै वारुणयन्त्रको व्यवस्थापन गरी सञ्चालनमा ल्याइने जानकारी दिनुभयो ।