एकरहियामा जमिन मुनी पानीको संकट – Jaleshwortoday

एकरहियामा जमिन मुनी पानीको संकट

 २ श्रावण २०८०, मंगलवार ००:४४  

जलेश्वरटुुडे समाचारदाता
एकरहिया, १ श्रावण

महोत्तरीको पिपरा गाउँपालिका अन्तर्गत पर्ने एकरहिया गाउँमा केहि दिनदेखि हाते कलको पानी जमिनबाट आउन छोडे पछि पानीको हाहाकार भएको छ । पिपरा गाऊपालिका वार्ड नं १ एकरहियामा करिव ३०० घरधुरीमध्ये करिव १० १५ घरधुरीमा मात्रै जमिन मुनिबाट पानी निकाल्ने कल संचालनमा रहेको र बाकी सबै घरधुरीमा भएको कलबाट पानी आउन छोडि सकेको हुनाले यहा बासिन्दाहरू पिउने पानीका लागि जता ततै धाउनु परेको छ ।

एकरहियामा जमिन मुनी पानीको संकट

यस गाऊका बासिन्दाहरूको भनाई अनुसार ठाऊँ ठाऊँमा पोखरी र कृषिका लागि ठुल ठुलो बोर्डिङगहरु रात दिन संचालनमा छन । यी बोर्डिङग र मोटरहरु बन्द हुदा खेरी लगभग हरेक कलमा खाने पानी आउन थाल्छ । त्यहि भएर आज एकरहियाका आक्रोशित युवाहरु मिलेर यस गाऊका सम्पूर्ण बोर्डिङगहरुलाई बन्द गर्न लगाएका छन् ।

स्थानियहरुका अनुसार यी बोर्डिङग र मोटरहरु चलाउने सम्पूर्ण महानुभावहरुमा आग्रह छ की अहिलेको बढदो पानीको संकटको बारेमा सोचि दिनुस र आ आफ्नो बोर्डिङग र मोटरहरु मात्र केही दिनका लागि नचाई दिनुस नत्र आक्रोशित छन् पछी जे पनि हुन सकछ ।

कृषिका लागि पनि पानी अत्यन्तै आवश्यकता छ । यसको अर्को विकल्प खोजौ तर तत्काल पिउने पानीको एक मात्र विकल्प छ ।