मटिहानीको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक सँध्या आरतीको तेस्रो वार्षिक विशेष उत्सव भव्य रुपमा मनाइयो – Jaleshwortoday

मटिहानीको श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक सँध्या आरतीको तेस्रो वार्षिक विशेष उत्सव भव्य रुपमा मनाइयो

 ५ श्रावण २०८०, शुक्रबार ००:३७  
aa

जलेश्वरटुडे समाचारदाता
मटिहानी, ४ श्रावण

मटिहानीको ऐतिहासिक,पौराणिक,साँस्कृतिक एवं धार्मिक लक्ष्मी सागर(पोखरी) मा हुने श्री लक्ष्मीनारायण भगवानको साप्ताहिक सँध्या आरतीको तेस्रो वार्षिक विशेष उत्सव भव्य रुपमा मनाइएको छ ।
कार्यक्रमको प्रमुख अतिथि मधेस प्रदेशको प्रमुख हरिशंकर मिश्रले पानसमा राखिएको वती बालि
कार्यक्रमको शुरुवात गर्नु भएको थियो । त्यसैगरी विशिष्ट अतिथि मधेस प्रदेश सभा सदस्य तथा जनकपुरधाम गंगा आरती समितिको अध्यक्ष तथा संरक्षक रामअशिष यादव,अतिथि मधेस प्रदेश महोत्तरी क्षेत्र नं.—३ को पूर्व राज्यमन्त्री अभिराम शर्मा,जिल्ला समन्वय समिति प्रमुख सुमन कुमार लाल कर्ण,महोत्तरी प्रमुख जिल्ला अधिकारी दिपक कुमार पहाडी,सहायक जिल्ला अधिकारी उपेन्द्र न्यौपाने,जिल्ला न्यायधिस,रणभिम गण प्रमुख,सशस्त्र प्रहरी प्रमुख,लक्ष्मी सागर व्यवस्थापन समितिका पदाधिकारीहरु,विभिन्न सामाजिक संघसंस्था,नेपाल पत्रकार महासंघ महोत्तरीका पदाधिकारी,पत्रकार,स्थानियवासी लगायत सम्पूर्ण उपस्थित महानुभावहरुलाई नगर प्रमुख हरि प्रसाद मण्डलले विशेष रुपमा कार्यक्रममा स्वागत गर्दै आभार व्यक्त गर्नु भएको थियो ।
मटिहानी नगरपालिका र लक्ष्मी सागर व्यवस्थापन समितिको विशेष पहलमा संचालन हुने गरेको यो विशेष आरती २०७८ सालदेखि अहिलेसम्म साप्ताहिक रुपमा संचालनमा रहेको मेयर हरि प्रसाद मण्डलले जानकारी गराउनुभयो । वहाँले यो आरतीको विशेष रुपमा नेपालमै पहिलो पटक शुरुवात जनकपुरधामबाट भएको र यसको प्रमुख संचालक तथा वर्तमान मधेस प्रदेशको प्रदेश सभा सदस्य राम अशिष यादवकै प्रेरणाबाट यस पोखरीमा आरती संचालन गराउन सफल रहेको बताउनु भयो । मेयर मण्डलले अहिलेसम्म करिब ५२ वटा दाताहरुले यो आरती गर्न गराउनमा विभिन्न रुपमा सहयोग गरेको हुनाले यस पालिका तथा लक्ष्मी सागर व्यवस्थापन समितिले ती दाताहरुलाई विशेष रुपमा सम्मान गरेको समेत जानकारी गराउनु भयो । त्यसैगरी अब यो साप्ताहिक आरतीलाई विस्तार गरी विभिन्न अवसर जस्तो कि धनतेरस,लक्ष्मीपुजा,छठ लगायतका महत्वका पर्वहरुमा समेत आरतीको आयोजना गरिने मटिहानी नगरप्रमुख मण्डलले जानकारी गराउनु भयो । विहानै मटिहानी नगरपालिकाको अगुवाईमा नगरवासी तथा विभिन्न संघसंस्थाको सहयोगमा कलश शोभा यात्रा समेत निकालि नगर परिक्रमा गरिएको नगर प्रमुख मण्डलले जानकारी गराउनुभयो ।