बढ्दै गएको जाडोदेखि सतर्क रहौं – Jaleshwortoday

बढ्दै गएको जाडोदेखि सतर्क रहौं

 ४ मंसिर २०७७, बिहीबार ००:२७  
editorial

अहिले केहि दिनदेखि मनसुनको कारण जाडो बढ्दै गएको छ । गत वर्ष जाडोको प्रभाव यतिबेला नरहे पनि यस वर्ष जाडो अत्यधिक बढेको देखिन्छ । जाडोको कारण तराई मधेस प्रत्येक वर्ष झै यस वर्ष पनि प्रभावित हुने देखिन्छ । किनभने जाडोमा अत्यधिक जाडो तथा गर्मीमा अत्यधिक गर्मी हुने गरेको हुुन्छ यस तराई मधेसको क्षेत्रमा । त्यसकारण यसबाट सचेत तथा सतर्क रहन अपरिहार्य देखिन्छ । यस मनसुनबाट विशेष गरी बुढाबढी तथा बच्चाहरु प्रभावित हुने भएकोले यस उमेरका व्यक्तिहरुलाई सुरक्षित राख्न यस समितिको धर्म रहेको देखिन्छ । यिनीहरुलाई विशेष न्यानो कपडा लगाउन आग्रह गर्नुपर्छ । यस जाडोबाट बच्न सबै उमेरका व्यक्तिहरुले सतर्कता अपनाउनु जरुरी छ ।यस मौसमका स्वीटर,ज्याकेट,गुुलेबन्द,मोजा आदि प्र्रयोग गर्नुपर्छ । बच्चाहरुलाई विना बाक्लो कपडाको बाहिर निस्कन दिनु हुदैन ।धनुषा लगायत अन्य जिल्लाहरुमा कपडा बैक स्थापना भएको कारण सो संस्थासँग समन्वय गरेर दलित तथा गरिबहरुलाई कपडा वितरण गर्न लगाउनु आवश्यक देखिन्छ । स्थानिय सरकारले समेत आफ्नो क्षेत्रका गरिब तथा असहायलाई जाडोबाट मर्न नदिन आवश्यक सहयोग गर्नुपर्छ ।