इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु – Jaleshwortoday

इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु

 ६ श्रावण २०८०, शनिबार २३:२७  
ss

जलेश्वरटुडे समाचारदाता
सुनसरी, ६ श्रावण

सुनसरीको इटहरीमा मोटरसाइकल दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ।

मृत्‍यु हुनेहरुमा इटहरी १६ बस्ने अन्दाजी २६ वर्षीय करण चौधरी, सोही स्थानका २७ वर्षीय शम्भु चौधरी र २४ वर्षीय अनिनेश चौधरी रहेका छन् ।

शुक्रबार राति १०:४० बजे इटहरी नगरपालिका-१७ कान्छी चोकमा चार जना चढेको मोटरसाइकल विपरीत दिशाबाट आउँदै गरेको भारतीय नम्बर डब्लु बी ७३ इ ९११७ नम्बरको पिकअप भ्यानसँग ठोक्किएको थियो। दुर्घटनाबाट २७ वर्षीय प्रेमलाल चौधरी गम्भीर घाइते भएका छन्।