ब्रह्मपुरीमा जनप्रतिनिधिले गरे सिकाइ परियोजाको प्रशंसा – Jaleshwortoday

ब्रह्मपुरीमा जनप्रतिनिधिले गरे सिकाइ परियोजाको प्रशंसा

 ८ श्रावण २०८०, सोमबार ०९:१२  
dd

राजकुमार मोक्तान
सर्लाही, ७ श्रावण

सर्लाहीको ब्रह्मपुरीमा समावेशी शिक्षा सुदृढिकरण(सिकाई) परियोजनाको कार्य प्रगति समीक्षा तथा आगामी कार्य योजना सार्वजनिक कार्यक्रम सम्पन्न भएको छ । सो क्रममा जनप्रतिनिधि र पालिकाका कर्मचारीले परियोजनाको प्रशंसा गरेका छन् ।
गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीको अध्यक्षतामा त्यहाँ स्थित जलधर माध्यमिक विद्यालयको सभाहलमा परियोजनाको कार्यप्रगति समिक्षा तथा आगामी कार्य योजना सार्वजनिक गरिएको हो ।
दातृ निकाय अष्ट्रेलियन एडको आर्थिक सहयोग तथा वल्र्ड भिजन, विश्व शिक्षा, ह्याण्डीक्याप इन्टरनेशनल र राष्टिय रोजगार प्रर्वद्धन केन्द्रको साझेदारीमा शिक्षामा सबै बालबालिकाको समान पहुँच वृद्धि गर्ने उदेश्यले त्यहाँ सञ्चालित समावेशी शिक्षा सुदृढीकरण ‘सिकाइ’ परियोजनाले गएको आर्थिक वर्ष २०२२÷२०२३ मात्रै कुल २ करोड १ लाख ९८ हजार ८९४ रुपैयाँ खर्च गरेको सहयोगी संस्था राष्ट्रिय रोजगार प्रवद्र्धन केन्द्र(आरआरपिके)का संरक्षण संयोजक नागेन्द्र प्रसाद शाहले जानकारी दिनुभयो ।
कार्यक्रममा कार्य प्रगति विवरण प्रस्तुत गर्नु हुँदै संरक्षण संयोजक शाहले परियोजनाले उक्त रकम ब्रह्मपुरीका विद्यालय, समुदाय र पालिका गरी तीन स्तरमा काम काम गर्नमा खर्च गरेको बताउनुभयो । विद्यालयको भौतिक संरचना सुधार अन्र्तगत विद्यालयलाई भवन निमार्ण गरी हस्तान्तरण गर्न, शौचालय निर्माण, पुराना तथा जीर्ण भवनको मर्मत सुधार, शिक्षण सिकाई सम्बन्धी विभिन्न तालिमहरुको सञ्चालन, पालिकाको शैक्षिक योजना तर्जुमा कार्यक्रम लगायतका जनप्रतिनिधि र पालिकाकै समन्वयमा विभिन्न शैक्षिक गतिविधि सञ्चालन गर्न सो रकम खर्च गरिएको संरक्षण संयोजक शाहले बताउनुभयो । उहाँले आगामी आर्थिक वर्षमा परियोजनाले पालिकाको शैक्षिक सुधारका लागि सफ्टवेयरका काम मात्रै गर्ने गरी योजना बनाएको जानकारी दिनुभयो । उहाँले भन्नुभयो,‘हामीले विगत ४ वर्षदेखि ब्रह्मपुरीसहित ४ ओटा पालिकामा काम गरिरहेका छौं । त्यस क्रममा परियोजनाले विद्यालयहरुमा बालमैत्री तथा अपाङ्गमैत्री भवन, शौचालय निर्माण गरेर हस्तान्तरण गर्ने लगायतका थुप्रै कामहरु गरेको छ । अब परियोजना नै अन्तिम चरणमा रहेकाले अब यसपटक भने हार्डवेयर अर्थात कन्ट्रक्सनका कामहरु छैनन् । यस पटक सफ्टवेयरका कामहरु मात्रै हुनेछन् ।
त्यस्तै समीक्षा तथा कार्ययोजना प्रस्तुतीकरण कार्यक्रमलाई सम्बोधन गर्नुहुँदै गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत उपेन्द्र राउतले सिकाई परियोजनाको खुलेरै प्रसंशा गर्नुभयो । उहाँले परियोजनाले काम गर्न थालेयता पालिकाको शैक्षिक गुणस्तरमा निकै नै सुधार आएको बताउनुभयो । उहाँले परियोजना अन्तर्गत सञ्चालन भएको रुपान्तरण कक्षालाई निरन्तरता दिनका लागि आवश्यक पर्ने बजेट विनियोजनमा पालिकाको तर्फबाट आवश्यक बजेट विनियोजन गर्ने प्रतिबद्धता जनाउनुभयो । उहाँले भन्नुभयो, –‘रुपान्तरण कक्षाले बालबालिकाको मात्रै नभए समाजलाई नै रुपान्तरण गर्ने भएकोले यो अत्यन्तै महत्वपूर्ण कक्षा हो । यसको निरन्तरताको लागि कार्यपालिकाले नै निर्णय गरेर हामी आवश्यक बजेट विनियोजन गर्नेछौं ।’ उहाँले परियोजनाका कर्मचारीहरुको पनि प्रसंशा गर्नुभयो । उहाँले थप्नुभयो, –‘उहाँहरुले गर्नुभएको कार्यक्रम मात्रै नभएर उहाँहरुले गर्ने व्यवहार सम्मान योग्य छ । म उहाँहरुलाई यति राम्रो कार्यक्रम ब्रह्मपुरी गाउँपालिकामा गर्नुभएकोमा धन्यवाद व्यक्त गर्न चाहान्छु ।’ ब्रह्मपुरी स्थानीय पाठ्यक्रम लागू गर्ने मधेश प्रदेशकै पहिलो पालिका हो ।
त्यस्तै कार्यक्रममा बोल्नुहुँदै ब्रह्मपुरी गाउँपालिकाका अध्यक्ष रामपदारथ साह तेलीले पनि परियोजनाको तारिफ गर्नुभयो । परियोजनाकै कारण पालिकाको शैक्षिक क्षेत्रमा आएको सुधार तारिफ र प्रशंसा योग्य रहेको बताउनुभयो । उहाँले पनि परियोजनाले पालिकाका विभिन्न स्थानमा सञ्चालन गरेको रुपान्तरण कक्षा, जीवपनोपयोगी सिप तथा आत्मरक्षा सम्बन्धी कक्षाहरुलाई निरन्तरता दिन पालिकाले आवश्यक बजेट विनियोजन गर्ने प्रतिवद्धता जनाउनुभयो ।
कार्यक्रममा परियोजनाका तर्फबाट आरआरपिकेका बरिष्ठ कार्यक्रम संयोजक आदित्य पटेल, विवेक झा, त्यस्तै जनप्रतिनिधिका तर्फबाट वडा नम्बर ७ का वडाअध्यक्ष रामसागर महतो, शिक्षा शाखा प्रमुख राजीव कुमार शर्मा लगायतले बोल्नुभएको थियो । कार्यक्रममा जनप्रतिनिधि, अभिभावक, विद्यार्थी, रुपान्तरण अभियन्ताहरु, समुदाय परिवर्तन समुहका सदस्यहरु र परियोजनाका कर्मचारीहरुको उपस्थिति रहेको थियो ।