शिक्षा प्रोत्साहन स्वरुप साहका  जन्मदिनको अवसरमा शैक्षिक सामग्री र झोला वितरण – Jaleshwortoday

शिक्षा प्रोत्साहन स्वरुप साहका  जन्मदिनको अवसरमा शैक्षिक सामग्री र झोला वितरण

 ८ श्रावण २०८०, सोमबार २०:२९  
hh

इन्द्रजीत महतो
धनुषा, ८ श्रावण

मिथिला चित्रकला कलाकारका रुपमा परिचित अजित साहले आफ्नो जन्मदिन अवसरमा  बालिबालिकालाई शैक्षिक सामग्री र  झोला वितरण गरी जन्म दिन मनाएका छन् ।

शनिबार आफ्नो जिन्मदिनको अवसर पारेर उनले युवाहरु मार्फत जनकपुरको दुधमती स्थित समामुदायिक विद्यालयमा अध्ययनरत्त विपन्न समुदायका २२ बालबालिकालाई शैक्षिक सामग्री तथा झोला वितरण गरेका हुन् ।

शिक्षामा प्रोत्साहन गर्ने उद्देश्यले जन्मदिनमा झोला तथा शैक्षिक सामग्री वितरण गरेको महतोले बताए । उनले युवाहरु ईन्द्रजीत महतो, अशोक साह,  आनन्द सहनी लगायतको समन्वय गरी झोला बाँडेका हुन् ।
जनकपुरधाम घर भएका साह हाल अमेरिका बस्छन् । चार दशकदेखि मिथिला चित्रकलाको काम गर्दै आएका उनी राष्ट्रिय तथा अन्तराष्ट्रिय विभिन्न पदक तथा सम्मान प्राप्त गरेका छन् ।
इन्द्रजीत महतो, अशोक साह र आनन्द सहनीको विशेष आयोजनामा स्कुल झोला, कापी, कलम, जियोमेक्ट्री बक्स  र खाजा खुवाउदैं जन्मदिन मनाए युवा इन्द्रजी महतोले जानकारी दिएका छन् ।