बर्दिबासका महिला जनप्रतिनिधिहरुलाई तीन दिने प्रशिक्षण जारी – Jaleshwortoday

बर्दिबासका महिला जनप्रतिनिधिहरुलाई तीन दिने प्रशिक्षण जारी

 १० श्रावण २०८०, बुधबार २२:३५  
1

जलेश्वरटुडे समाचारदाता
धनुषा, १० श्रावण

महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै लैँङिगक समानताका क्षेत्रमा काम गर्दै आएका माण्डवीले महोत्तरीको बर्दिबास नगरपालिकाका २६ जना महिला जनप्रतिनिधिलाई प्रशिक्षण गर्दैछ ।बर्दिबासमा मंगलबार देखि सुरु भएको तीनदिने सो प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षकद्वय सेतारमान ठोकर र पार्वती भट्टराईले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमाहुने दोषपुर्ण अभिव्यक्तिप्रति कसरी सचेत भई अगाडी भढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनुभएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजना काकार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो। शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलमा सहभागीहरुलाई सो प्रशिक्षण दिईरहेको उहाँले जानकारी दिनुभयो ।
। शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामाशि लिड्स कार्यक्रम संचालित छन । उक्त प्रशिक्षण बिहिबार सम्पन्न हुदैछ ।