बिजी घिमिरे
महिला र पुरुषमा रहेको जैविक भिन्नतालाई कमजोरी या योग्यता ठानी सामाजिक,सास्कृतिक र मनोबैज्ञानिक तरिकाले समाजद्वारा निर्धारित गरिएको भूमिकामा आधारित पहिचानलाई लैंगिकता भनिन्छ । जैविक तथा समाजले निर्धारण गरेको महिलाको सकारात्मक र नकारात्मकभूमिकालाई समानाताको दिशामा लैजानका लागी नीति तथा कार्यक्रममा बिचार पुर्याउनु पर्ने पक्ष उत्तर्दाइत्व हो । नेपालको संबिधानले सबै नागरिक कानुनको दृष्टिमा समान हुने छन,कसैलाई पनि कानुनको समान संरक्षणवाट बन्चित नगर्ने प्रतिबद्दता सहित नागरिकहरुलाई समानताको हकको प्रत्याभूति गरेको छ ्र अब स्थानीय तहले पनि नीति तथा कार्यक्रम र बजेट मार्फत सबै नागरिकलाइ समान अबशर दिन लैंगिक उत्तरदाई बजेट बनाउनु पर्छ । महिलासंग पुरुषको भन्दा फरक र बिशिस्ट क्षमता हुन्छ ,सिप हुन्छ फरक अनुभब हुन्छ । फरक सिपक्षमता र दक्षताको प्रयोगले बिकाशपनि द्रुत ,पूर्ण ,दिगो र समाबेसी हुन्छ । जसको सवाल उसको सहभागिता भन्ने अवधारणा अनुरुप पछाडी परेको वर्ग निर्णायकभूमिकामानपुगीमहिला मैत्रीबिकाश र नीतिबन्दैनन ्र आर्थिक उत्पादन र विकाशमा संग्लग्न देशको करिब आधा जनसंख्या पछाडी पर्दा देश अगाडी बडन सक्दैन । क्षणिक आर्थिक बृदीहोला तर दिगो हुदैन । त्यसैले लैंगिकउत्तरदायी बजेट नीतिदिगो विकाशको पूर्व सर्त हो र अहिलेको टड्कारो आबस्यकताहो । यिनै तथ्यलाई मध्यनजर गरि माण्डवी सस्थाले महिला नेतृत्वकार्यक्रममार्फत मधेश प्रदेशका २८ वटा स्थानीयतहमानिर्वाचितजनप्रतिनिधिलाइ लैंगिकजागरणका विसयमा सचेतना बढाउन,र लक्षितवर्गको अधिकार ,जिम्मेवारी र परिणामहरुमा भेदभावकापक्षलाई विस्लेषण गरि योजनाबनाउन सहयोग गरिरहेको छ । स्थानीय सरकार संचालन ऐन २०७४ ले न.पा.प्रमुखगा.पा.अध्यक्ष,वडा समिति,स्थानीय राजस्व परामर्श समिति,श्रोत अनुमानतथा बजेट सिमानिर्धारण समिति र बजेट तथाकार्यक्रमतर्जुमा समितिलाई स्थानीयतहको योजना बजेट तथाकार्यक्रमतयार गर्न अधिकार दिएको छ । कानुनतःबिभिन्नजिम्मेवारीहरु प्रदानगरिएकामध्ये महत्वपुर्ण जिम्मेवारीका रुपमा लैंगिकउत्तरदाई बजेटलाई समाबेस गर्न स्थानीयतहले बिभिन्नकार्यहरु गर्नु पर्ने हुन्छ ।
राजस्व सग सम्बन्धित महत्वपूर्ण कार्यहरु
१)महिलातथा पुरुषलाई फरक प्रकारले प्रभावपार्ने राजश्वअभिवृद्धि नीतिकातथ्यांक खण्डिकरण गर्ने ्र
२)स्थानीय नितिवाट कस्तो प्रकारका लैंगिकतथाशक्ति सम्बन्धप्रबर्धन भइरहेको छ भन्ने विषयपहिचानगर्ने ्र
३)महिला र पुरुषविचभुक्तानीहुने र नहुने ज्यालाहरुको समानरुपले बहनगर्ने कार्यलाई प्रबर्धन गर्न तथाअशमान लैंगिकभूमिकालाई निरन्तरतादिने कार्यलाई रोक्ने ्र
४)न्यूनआयभएका स्वरोजगार महिलाको कर तथा लेभीको बोझन्यूनगर्ने ्र
५)महिलाको जीविकोपार्जन ,आवाज सशक्तीकरण,बिध्यमान विभेदजन्यअभ्यास तथामूल्य मान्यतामा परिमार्जन गर्ने कार्यमा योगदानगर्ने तथा लैंगिक समानतामा संरचनागतअवरोधलाई न्युनगर्ने
योजनातथा बजेट तर्जुमाका चरणहरु अन्तर्गतकाकार्यहरु
चरण १ बजेट को पूर्व तयारिअन्तर्गत महिलाकानिर्दिष्ट सरोकार समूहदलितजनजातिमधेशीअपांगगरिब र पुरुष संग लैंगिकसंग सम्बन्धितपहिचानगरिएका सबाल,प्राथमिकता,र क्षमताको मूल्यांकनकालागि परामर्श गर्दै बन्चितीतथाजोखिममा रहेकाहरु सहितमहिलाहरुको बि भिन्न क्षेत्रमाव्याबधानहरु,आबस्यकताहरु र प्राथमिकताहरुतथा सम्भावितउपायको पहिचानगर्नु पर्दछ । जिम्मेबारी दिदामहिलातथापुरुष सदस्यहरु संयुक्तरुपमाकामगर्न सक्ने तथा छलफल र निर्णयहरुमामहिलाले प्रभावपार्न सक्ने कुरा सुनिस्चितगर्नु पर्दछ
चरण २ श्रोत अनुमानतथा बजेट सिमानिर्धारण
महिलातथाबन्चितिमा परेकाको जीविकोपार्जन तथाआवाजशसक्तिकरण ,पुरुष सम्बन्धिमूल्य मान्यतामापुनराबलोकन ,सामाजिकतथा लैंगिकअभ्यासहरुमा परिवर्तन ल्याउनाकालागीअत्याबस्यककार्यहरुलाई बजेटको सीमाले समेटेको हुनुपर्दछ ्र
चरण ३ बस्तितहमा योजना छनौट
समुदायकामहिलातथाबिभिन्न सामाजिक समुहकामानिसहरुलाई उचिततवरले जानकारी गराई आफना समुदायकालागीउपयोगीहुने ,आफनाबिकासकाआबस्यकताहरु सम्बोधनहुने र आफ्नाप्राथमिकताका योजनाहरु सिफारिस गर्ने कार्यमा सहजीकरण गरिएको हुनुपर्दछ ।
चरण ५ बजेट तथाकार्यक्रमतर्जुमा
जीविकोपार्जन, आवाज सशक्तिकरण एबम बिभेद्जन्यनीतितथाअभ्यासहरुमा परिबर्तनलाई सम्बोधनगर्ने क्रियाकलापकालागि र पैरवी, सचेतनाअभिबृदीका ,महिलाशसक्तिकरण ,लैंगिक समानताकालागिपर्याप्त बजेट बिनियोजन गरिनु पछ्र्र ।
चरण ६ बजेट तथाकार्यक्रमकार्यपलिकावाट स्वीकृत
लैंगिक समानतातथामहिला सशक्तिकरणका लागि प्रस्तावित योजनाहरु र सामाजिक समाबेसिकरण सम्बन्धिनीति सहित योजनाहरु समाबेस भएको जाचबुझगरिनु पर्दछ ।
चरण७ स्थानीय सभावाट बजेट तथाकार्यक्रम स्वीकृत
महिलाहरु र लैंगिक समानाताकालागी योजनाहरु समाबेस भएको सुनिस्चितगरि लैंगिकउत्तरदायी बजेट सम्बन्धिब्रिस्तितविवरण सहितको बजेट स्वीकृत गरिनु पर्छ ।
स्थानीयतहले बजेट तथाकार्यक्रमपारित गर्नु अघि योजना छनौटका सात चरणहरु माउल्लेखितकार्य सम्पन्न गरेमामात्र लैंगिकउत्तरदायी बजेट काआधारभूतप्रक्रिया पुरा भएको मानिन्छ ।
(लेखक माण्डवी सस्थाकामहिला नेतृत्वकार्यक्रमको प्रशिक्षक हुनुहुन्छ । )