लेबलिङ्ग सम्बन्धि भन्सार बिभागको अस्पष्ट र अव्यवहारिक नितिगत,निर्देशिका जारि नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नु पने संघको माग रहेको :- अध्यक्ष अग्रवाल – Jaleshwortoday

लेबलिङ्ग सम्बन्धि भन्सार बिभागको अस्पष्ट र अव्यवहारिक नितिगत,निर्देशिका जारि नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नु पने संघको माग रहेको :- अध्यक्ष अग्रवाल

 ११ श्रावण २०८०, बिहीबार २२:२८  
1

जलेश्वरटुडे समाचारदाता
वीरगंज, ११ श्रावण

वीरगंज उद्योग वाणिज्य संघ पर्साको सभाहलमा आज नेपालमा रहेका चारवटा जिल्लाले संयुक्त रुपमा पत्रकार समेलन गरेका छन।अहिले नेपाल सरकार ले विभिन्न किसिमको उधोगमा लगाएको नियम बारे पत्रकार समेलन गरिएको नेपाल उद्योग वाणिज्य संघ पर्साका उपाध्यक्ष माधव राजपालले जानकारी गराएका छन ।

आज पत्रकार समेलनमा बोल्दै वीरगंज उद्योग वाणिज्य संघ वीरगंजका अध्यक्ष अनिल कुमार अग्रवालले नेपालमा उद्योग व्यापार व्यवसायहरु अनेकानेक समस्याका बावजूद जेनतेन व्यापार व्यवसाय सञ्चालन गर्दै आएकोमा विभिन्न सरकारी निकायहरुबाट नियन्त्रणात्मक गतिविधिका नाउँमा भइरहेको अनपेक्षित नीतिगत हस्तक्षेपका कारण आर्थिक गतिविधि खस्किदै गइरहेको छ । जसको पछिल्लो संस्करणको रुपमा लेवलिङ्ग सम्बन्धमा भंसार विभागद्वारा जारी सूचनाले थप अन्योल सिर्जना गरेको छ । भंसार विभागबाट मिति २०८०/३/२२ मा जारी भएको “लेबल लगाउने सम्बन्धी सूचना का कारण व्यवसायीहरु अन्यौल एवम् एक किसिमको बासको वातावरण सृजना भएको छ। उल्लिखित समस्या समाधानका लागि नेपाल उद्योग वाणिज्य महासङ्घका वरिष्ठ उपाध्यक्षको नेतृत्वमा निजीक्षेत्रका एक टोलीले भंसार विभागका महानिर्देशकसँग भेटघाट गरी समस्याको गीता दर्शाइए पनि समस्या समाधान गर्ने तर्फ खासै पहल नभएको उनले बताए ।

२०८० श्रावण १ गते देखि लेबलिङ्ग कार्यान्वयनमा ल्याउने भनी जारी अस्पष्ट र अव्यवहारिक सूचनाका कारण आयात तथा आन्तरिक व्यापार नै नराम्री प्रभावित हुन पुगेको छ । भंसार विभाग द्वारा जारी सूचना आफैमा अस्पष्ट त हुँदैछ, सँगसँगै स्पष्ट पार्ने सरोकारवाला निकाय पनि लेबलिङ्ग बारे प्रष्ट छैन । यसर्थ लेबलिङ्ग सम्बन्धी स्पष्ट प्रावधान र नीतिगत व्यवस्था र निर्देशिका जारी नभएसम्म लेबलिङ्ग लगाउने प्रावधान स्थगित गर्नुपर्ने तर्फ सङ्घ नेपाल सरकारको गम्भीर ध्यानाकर्षण समेत गरिएको छ।

त्यस्तै विगत केही महिना देखि भंसार प्रशासनले राजस्व सङ्कलनका नाउँमा आयातकर्ताहरु लाई दुःख दिने कार्य गरिरहेका छन् । भंसार कार्यालयले बिल बिजकको मूल्यको आधारमा भंसार जाँचपास नगर्ने, वर्षों पुराना कार्यविधि अर्थात् सन्दर्भ मूल्य पुस्तिकाका आधारमा मालवस्तु मुल्यांकन गरी जाँचपास गर्ने, वास्तविक मूल्य राखी जाँचपास गराउन खोज्दा पनि ५०% सम्म जरिवाना (पेनाल्टी लगाउने, मालवस्तुको वास्तविक हार्मोनिक कोडको आधारमा भंसार जाँचपास गर्नुपर्नेमा आफुखुशी हार्मोनिक कोड कायम गरी बढी राजस्व लिने गरेको लगायतका कार्यले नेपाली आयातकर्ताहरु आक्रान्त छन् । यस्ता किसिमको अव्यवहारिक र अन्यायोचित कार्य यथाशीघ्र बन्द गरी पैठारीकर्ताले पेश गरेको बिल बिजकका आधारमा भंसार मूल्यांकन गर्नु पर्ने सङ्घको माग रहेको उनले बताए ।

भन्सारबाट जाँचपास भई छुटेका मालवाहक सवारीसाधनहरुलाई अनुसन्धानका नाउँमा पक्राउ गरी राजस्व अनुसन्धान कार्यालयमा पठाउने परिपाटीका कारण पनि आयातकर्ताहरु मर्कामा परेका छन् । आवश्यक प्रक्रियाहरु पुयाई सम्पूर्ण कागजातहरुका बावजुद भंसार जाँचपास भएका मालवाहक सवारीसाधनलाई दुःख दिने नियतले मालवस्तुको न्यून मूल्यांकन भएको भन्दै सवारी साधनलाई राजस्व अनुसन्धान कार्यालय पठाउने परिपाटी पछिल्ला केही समयदेखि बढिरहेकोले उद्योग, व्यवसायमा थप समस्या सिर्जना गरेको छ ।

विद्यमान जटिल समस्या र अन्यौलपूर्ण अवस्थाको शीघ्र निराकरण गर्न सम्बन्धित निकायहरुमा सङ्घ गम्भीर ध्यानाकर्षण गराउदै समस्याको समाधान नभएमा कडा विरोधका कार्यक्रमहरु अगाडि सार्ने पत्रकार समेलन मा जानकारी समेत गरेका छन ।

त्यस्तै पत्रकारहरुको जिज्ञासाको जवाफ दिदै उद्योग वाणिज्य सघं पर्सा का उपाध्यक्ष माधव राजपाल ले सरकार को अस्पष्ठ नीति ले अहिले सम्पुर्ण उद्योग ब्यापारीहरु मार मा परे का छन । अहिले को नियम सरकार ले जारी गरेपनी त्यस्को नीति नियममा नै सरकार अस्पष्ट रहेको ले तत्काल यसलाइ रोक्नु पर्ने तथा नितिनियम स्पस्ट भएपछि लागू गर्नुपर्ने उनलए बताए ।

पत्रकार सम्मेलनमा बिरगंज उद्योग वाणिज्य संघका अध्यक्ष अनिल कुमार अग्रवाल,वरिष्ठ उपाध्यक्ष हरि गौतम,उपाध्यक्ष माधव राज पाल,मोरङ व्यापार संघका अध्यक्ष नबिन रिजाल, सिद्धार्थ उद्योग बाणिज्य संघका अध्यक्ष ठाकुर कुमार श्रेष्ठ र नेपालगन्ज उद्योग वाणिज्य संघका अध्यक्ष अब्दुल वाहिद मन्सुरिको उपस्थिति रहेको थियो ।