मानव बेचबिखन रोकथाम तथा ओसारपसारमा परेकाहरुको उद्धार र स्वदेश फिर्ता गर्ने विषयमा सीमापार मिल्टि सरोकारवालाहरुको समन्वय बैठक – Jaleshwortoday

मानव बेचबिखन रोकथाम तथा ओसारपसारमा परेकाहरुको उद्धार र स्वदेश फिर्ता गर्ने विषयमा सीमापार मिल्टि सरोकारवालाहरुको समन्वय बैठक

 ११ श्रावण २०८०, बिहीबार २२:३१  
2

जलेश्वरटुडे समाचारदाता
वीरगंज, ११ श्रावण

मानव बेचबिखन रोकथाम तथा ओसारपसारमा परेकाहरुको उद्धार र स्वदेश फिर्ता गर्ने विषयमा सीमापार मिल्टि सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ।

आज वीरगंज स्थित होटेल मकालुमा सीमापार बहु ​​सरोकारवालाहरुको समन्वय बैठक सम्पन्न भएको छ। शुभ अवसर ग्राम नेपाल द्वारा आयोजना भएको कार्यक्रममा प्रमुख अतिथि वीरगंज महानगरपालिकाका उप-मेयर इम्तियाज आलम रहेका थिए ।

सो कार्यक्रम बिशेष गरि मानव बेच बिखन रोकथाम , उदार तथा मानव बेचबिखनमा परेकाहरु लाई स्वदेश फिर्ता गर्ने उदेश्यका साथ आयोजना गरिएको थियो । अहिलेको समयपरिवर्तन सँगै नयाँ–नयाँ स्वरुपमा मानव बेचबिखन तथा ओसारपसार हुन थालेको छ । शुरुमा मानव बेचविखन दास वा यौन दासीको रुपमा सीमित थियो । अहिले यो अपराध विश्वभर आधुनिक दासताको रुपमा फैलिएको छ । अबैध लागू औषध र हात हतियार कारोबारपछि विश्वमा तेस्रो ठूलो संगठित अपराधको रुपमा मानव बेचबिखन तथा ओसारपसार सावित भएको छ ।

मानव बेचबिखनमा परेकाहरुको उद्धार र समन्वयका लागि काम गरिरहेको संस्था महिला तथा बालबालिका बेचबिखन विरुद्ध सहकर्मी समूह (एटविन) नेपालका कार्यकारी निर्देशक बेनुमाया गुरुङ्गका अनुसार मानव बेचविखन तथा ओसारपसार अपराधको प्रभावकारी रोकथाम गर्न र अनुसन्धानको काम सरकारसँग समन्वय गरी आफूहरुले काम गरिरहेको बताउनुभयो । मानव बेचबिखन निरन्तर भइरहने प्रक्रिया भएको बताउँदै उहाँले थप्नुभयो, “कोभिडको समयमा महिलाहरु झनै जोखिममा थिए ।” प्रहरीले गरेका कार्यहरुको सुपरिवेक्षण, अनुगमन, सहयोग र समन्वयमा भने काम गर्न सजिलो भएको उहाँले अनुभव सुनाउनुभयो।

मानव बेचबिखन तथा ओसारपसार गर्ने कार्यलाई नियन्त्रण गर्न र त्यस्तो कार्यबाट पीडित व्यक्तिको संरक्षण तथा पुनस्र्थापना गर्न सरकार लागि परेको बताए। उहाँले भन्नुभयो, “मानव बेचबिखनसम्बन्धी चेतनामूलक र नीति निर्माण गर्ने लगायतको काम गरिरहेका छौँ ।” कारबाही गरेर मात्र मानव बेचबिखनको समस्या समाधान नहुने हुँदा घटना न्यूनीकरणको मुख्य उपाय भनेको नागरिकको जनचेतना हो, उहाँले भन्नुभयो ।

त्यस्तै नेपालमा हाल २७७ नगरपालिकासहित ७५३ स्थानीय तह, ७ प्रदेश सरकार र एक संघीय सरकार रहेको छ । नेपालले मानव बेचबिखनको बारे सरोकार ले विगत ७ दशकभन्दा पहिलेदेखि उठाउँदै आए पनि घटना रोकथाम भएको छैन । विभिन्न स्वरुपमा अपराधका कामहरु भइरहेका छन् ।

वि.सं.२००४ मा नेपाली चेलिबेटी बेचबिखन हुन सक्ने हुँदा नागरिकहरुलाई सचेत रहन आग्रह सहितको सूचना प्रकाशन गरिएको थियो । त्यसयता कानूनीरुपमा मानव बेचबिखनलाई सम्बोधन गर्न विभिन्न कालखण्डमा कानुनतः सम्बोधन गर्ने प्रयास भएको राष्ट्रिय मानव अधिकार आयोगले आफ्नो वार्षिक प्रतिवेदनमा उल्लेख गरे पनि रोकथाम हुन सकेको छैन ।

आज भएको उक्त कार्यक्रम भारतका CWC मोतिहारीका धिरज प्रहाट ,CWC बेतियाका आदित्य यादव,DCPU बेतियाका बृज भुसन, AHTU 47 BAATTALON RAUXUAL का मनोज शर्मा को उपस्थिति रहेको थियो भने नेपालबाट SODCC पर्साका रुपक पान्डे , KIN नेपाल पर्साका सुनिता सापकोटा त्यस्तै सो कार्यक्रममा उप-मेयरका स्वकीय सचिव शेष हजरा , नेपाल कांग्रेसका युवा नेता धर्मराज यादव,पत्रकार सुरेश विडारी,राहुल गुप्ता लगायतको उपस्थिति रहेको थियो ।