भोलि नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टी वीच एकीकरण हुने – Jaleshwortoday

भोलि नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टी वीच एकीकरण हुने

 १३ श्रावण २०८०, शनिबार २२:१७  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, १३ श्रावण

रामकुमार महतो अध्यक्ष रहेको नेपाल सद्भावना पार्टी र रेशम चौधरीले स्थापना गरेको नागरिक उन्मुक्ति पार्टी बीच आइतबार एकीकरण हुने भएको छ । भोलि जनकपुरमा एक कार्यक्रमको आयोजना गरी दुवै पार्टीबीच एकीकरण हुन गइरहेको नेपाल सद्भावन पार्टीका अध्यक्ष रामकुमार महतोले बताए ।

केही दिनदेखि दुई पार्टीको बीचमा पार्टी एकीकरणको विषयमा छलफल चलिरहेको थियो । दुई पक्षबीच सहमति भएपछि एकीकरणको घोषणा गर्न लागिएको उनको भनाई छ । अर्को महाधिवेशनसम्म नागरिक उन्मुक्ति पार्टीको नाम, झण्डा, चुनाव चिन्ह, विधानलाई स्वीकार गरेर सद्भावना पार्टीले एकीकरण गर्न लागेको हो ।

एक वर्षपछि एकताको महाधिवेशन गर्ने र त्यसमा छलफल गरेर नाम र पार्टीको झण्डालगायतको विषय टुङ्गो लगाउने दुई पक्षको बीचमा सहमति भएको छ ।

नेपाल सद्भावना पार्टीले तत्काल उपाध्यक्ष, सचिव, सहसचिव एक–एक जना  र २१ जना केन्द्रीय सदस्य पाउने छ ।

सद्भावना पार्टीले मधेश प्रदेशको अध्यक्ष पनि पाएको छ भने लुम्बिनी र कोशी प्रदेशमा आपसी सहमतिमा समायोजन गरी प्रदेश समिति बनाउने सहमति भएको बताइएको छ । सद्भावना पार्टीले धनुषा र महोत्तरीको जिल्ला अध्यक्ष पनि पाएको छ ।