नेसपा र नागरिक उन्मुक्ति पार्टी बीच ऐतिहासिक एकीकरण – Jaleshwortoday

नेसपा र नागरिक उन्मुक्ति पार्टी बीच ऐतिहासिक एकीकरण

 १४ श्रावण २०८०, आईतवार २१:१४  
hh

अगामी ४ वर्षमा मधेस प्रदेशमा १ नम्बरको पार्टी तथा आफनो सरकार बनाउने छुःचौधरी

जलेश्वरटुडे समाचारदाता
धनुषा, १४ श्रावण

नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टी वीच मधेस प्रदेशको राजधानी जनकपुरधाममा आज ऐतिहासिक एकीकरण भएको छ ।

आइतबार जनकपुरधाममा आयोजित नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टी बीच एकीकरण कार्यक्रमलाई सम्बोधन गर्दै नेता चौधरीले अगामी ४ वर्षमा मधेस प्रदेशमा १ नम्बरको पार्टी तथा आफनो सरकार बनाउने बताए ।

उनले भने जुन मधेशवादी दललाई मलाई जेलबाट चुनाव लडाउनेदेखि शपथ खुवाउनेसम्मको हैसियत राखे त्यसले तिनीहरूले मेरो रिहाइका लागि किन प्रयास गरेनन् । उनीहरूको चाल बुझेपछि आफू जेल बसाइकै क्रममा नागरिक उन्मुक्ति पार्टी गठन गरेर थरुहट प्रदेशमा १६ वटा सांसद जित्न सफल भए ।

नेता चौधरीले अहिले थरुहट प्रदेशमा शासन गरिरहेको आउँदो निर्वाचनमा मधेश प्रदेशमा अत्यधिक मतले जितेर मधेश सरकारको नेतृत्व गर्ने दाबी गरे । उनले भने, ‘अहिले नेपाल सद्भावना पार्टीसँग एकीकरण भएको छ । दुई/चारवटा मधेशवादी दलहरू अझै सम्पर्क छन उनीहरूसँग पनि एकीकरण गरी आउँदो निर्वाचनमा मधेशमा पनि नागरिक उन्मुक्ति पार्टीले आफ्नो सरकार बनाउनेछ ।’

कार्यक्रममा नेपाल सद्भावना पार्टीका अध्यक्ष रामकुमार महतोले मधेश क्रान्तिको योद्धाको रुपमा नेता चौधरी पनि मधेशवादी दलबाट आबद्ध भएको क्रममा जेलमा बसे तर मधेशवादी दलहरूले उनलाई रिहा गराउनुको सट्टा चुनावमा नाम भजाएर मत बटोर्ने काम मात्र गरे ।

अहिलेको नागरिक उन्मुक्ति थारुहरुको हकहित मात्रै होइन मधेशी जनताको उन्मुक्तिका लागि समेत सक्रिय रहेको कारण आफूहरू एकीकरण गर्न बाध्य भएको उनले बताए । उनले भने, ‘नेपाल सद्भावना पार्टी र नागरिक उन्मुक्ति पार्टीको एकीकरणले आउँदो दिनमा मधेशलाई नयाँ दिनुका साथै निर्वाचनमा समेत राम्रो मत ल्याएर मधेश सरकारमा आफ्नो प्रतिनिधित्व जनाउनेछ ।’

एकीकरणका लागि महाधिवेशनसम्मका लागि दुवै दलबीच ३ बुँदे सहमति समेत भएको छ । सहमति अनुसार आगामी एकता महाधिवेशनसम्मका लागि एकीकृत पार्टीको नाम नागरिक उन्मुक्ति पार्टी नै रहनेछ, महाधिवेशनसम्म पार्टीको झण्डा, चुनाव चिन्ह, छाप र विधान नागरिक उन्मुक्ति पार्टीकै रहनेछ  केन्द्रीय निकायदेखि स्थानीय तहसम्मका पदाधिकारी तथा सदस्यहरूको समायोजन दुवै पार्टी आन्तरिक सहमति अनुसार हुनेछ ।

सो एकीकरण कार्यक्रममा नेपाल सद्भावना पार्टीका वरिष्ठ उपाध्यक्ष मो.सहजाद मिकरानी,उपाध्यक्ष श्रीवति भेरिहर,उपाध्यक्ष डा.मिश्रि मण्डल,महासचिव नागेन्द्र सिंह,सहमहासचिव डा.रविन्द्र चौधरी(राजेश),प्रवक्ता पवन कुमार साह,सचिव संजय कुमार महतो,केन्द्रिय सदस्यहरुमा बुधन साह,राम बाबु महतो,राम विलास प्रसाद कुशबाहा,खेदु प्रसाद मण्डल,मुरारी लाल कर्ण,जिवछ प्रसाद यादव,नेसपा प्रदेश समिति सदस्य राज कुमारी कुशवाहा,नेसपा नेपाल मजदुर मञ्चको अध्यक्ष विरेन्द्र महतो,नेसपा धनुषा जिल्ला अध्यक्ष नागेन्द्र कुमार महतो र नागरिक उन्मुक्ति पार्टीका लक्ष्मण थारु,मधेस प्रदेश सभासद उर्मिला सिंह थारु,मन्त्रीको सल्लाहकार चन्द्र्र नारायण चौधरी,केन्द्रिय सदस्यहरुमा बलराम खवास,टीका लक्ष्मी चौधरी,आइतराम तामाङ,जनजीत तामाङ,धनुषा जिल्ला अध्यक्ष दिनेश यादव,जिल्ला कार्यसमिति र प्रदेश सदस्य महेश कुमार चौधरी लगायत दुवै पार्टीका केन्द्रीय, प्रादेशिक र जिल्लास्तरीय नेता कार्यकर्ताहरूको उपस्थिति रहेको थियो ।