जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १४ श्रावण
नागरिक उन्मुक्ति पार्टीका अध्यक्ष रेशम चौधरीले मधेस आन्दोलनका क्रममा थुनामा परेकाहरूलाई भेटेका छन्। सशस्त्र प्रहरीका असइ थमन विकको हत्या आरोपमा थुनामा परेकाहरूलाई जलेश्वर कारागार पुगेर उनले भेटेका हुन्। चौधरीले कारागार जिवन बिताइरहेका प्रदिप साहकी पत्नी अनिता साहलाई ५ हजार तथा अर्काे कारागार जिवन विताइरहेको संजय साहलाई ५ हजार प्रदान गरेका थिए ।
जलेश्वर नगरपालिका– २ स्थित जलेश्वर कारागारमा विगत ८ वर्षभन्दा बढी समयदेखि पुर्पक्षका लागि थुनामा रहेकाहरूलाई भेटेर चौधरीले उनीहरूको गुनासो सुने। भेटघाट पश्चात् थुनामा रहेकाहरूको परिवारसँग कुरा गर्दै उनले छिटो भन्दा छिटो मुद्दाको पेसी गराउने आश्वासन दिए।
रेशम लाल चौधरी सँगै भर्खरै नागरिक उन्मुक्ति पार्टीसँग एकीकरण भएका नेसपाको सहमहासचिव डा.रविन्द्र चौधरी(राजेश) र प्रवक्ता पवन कुमार साह समेत सहभागि थिए ।