
जलेश्वरटुडे समाचारदाता
धनुषा, १८ श्रावण
महिला जनप्रतिनिधिको नेतृत्व विकास गर्दै उनिहरुलाई सबल नेतृत्व क्षमता प्रदान गर्ने उद्देश्यका साथ माण्डवीले महोत्तरीको औरही नगरपालिकाका महिला जनप्रतिनिधिलाई प्रशिक्षण दिएको छ । नेतृत्वमा रहेका महिला वडा सदस्यहरुलाई विगतमा समेत विभिन्न चरणमो क्षमता अभिबृद्धि तालिम प्रदान गरेको माण्डवीले मध्यवर्ती प्रशिक्षणको पहिलो भोड्युल सम्बन्धी प्रशिक्षण प्रदान गरेको छ । सो प्रशिक्षणमा सहभागी औरही नगरपालिकाका १९ जना तथा बर्दिबास नगरपालिकाका १ जना गरी कुल २० जना महिला जनप्रतिनिधिहरुलाई प्रशिक्षकद्वय सेतारमान ठोकर र पार्वती भट्टराईले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी भढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनु भएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । शी लिड्स महिला नेतृत्व कार्यक्रम अन्तरगत मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलमा सहभागीहरुलाई सो प्रशिक्षण दिईरहेको उहाँले जानकारी दिनु भयो । शी लिड्स तालिमको मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युलले महिला वडा सदस्यको नेतृत्व भूमिकालाई निरन्तरता दिदै, महिला वडा सदस्यंको आत्मविश्वास र नेतृत्व सीपलाई अझ निखार्दै नैतिकवान, समस्या विश्लेषण, तथ्यांक विश्लेषण लगायतका विषयमा आफ्नो भूमिकालाई बढी प्रभावकारी ढंगबाट निर्वाह गर्नका थप सीप र ज्ञानको विकास गर्न सहयोग पु¥याउने प्रशिक्षकको भनाई छ । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमा मधेश प्रदेशका ५ बारा, रौटहट, सर्लाही, महोत्तरी तथा धनुषा जिल्लाका २८ वटा पालिकामाशि लिड्स कार्यक्रम संचालित छन ।