इन्द्रजित सिंह
महोत्तरी, १९ श्रावण
पूर्व प्रधानमन्त्री डा.बाबुराम भट्टराई द्वारा फार्मेसीमा दोस्रो वर्ष अध्यनरत विद्यार्थी इन्द्रजित सिंहको विशेष पहलमा महोत्तरीको खयरमारा बर्दिवास स्थित CTEVT अन्तर्गतका निर्मल लामा बहुप्राविधिक शिक्षालयको अनुगमन गरिएको छ ।
निर्मल लामा बहुप्राविधिक शिक्षालयले विकासको गति लिएको र उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुशीको अनुभूति भएको छ । तर पचास विघा क्षेत्रफलको क्याम्पसभित्र शिक्षक र विद्यार्थीनिम्ति आवासको व्यवस्था त के त्यसको योजना समेत नहुनु चाहिं विडम्वनापूर्ण देखिएको छ ।
मधेश प्रदेशकै नमूना कलेजको रुपमा स्थापित शिक्षालयमा हाल देशका ३२ जिल्लाका एक हजार भन्दा धेरै विद्यार्थी प्राविधिक तर्फका विभिन्न संकायमा अध्ययन गरिरहेका छन्।
अवलोकनका क्रममा पूर्वप्रधानमन्त्री भट्टराईले निर्मल लामा बहु प्राविधिक शिक्षालयबाट देशको लागि आवश्यक दक्ष जनशक्ति उत्पादन भइरहेको भन्दै खुसी व्यक्त गरेका छन्।
त्यसक्रममा नेता भट्टराईले शिक्षालयमा अध्ययनरत विद्यार्थीको लागि आवास र खानेपानीको व्यववस्थापनमा ध्यान दिन समेत आग्रह गरेका छन् ।
पूर्व झापादेखि पश्चिम हुम्लासम्मका विद्यार्थी अध्ययन गरिरहेको शिक्षालयमा होस्टेल (आवास)को भने अभाव छ। शिक्षालयमा आवासको व्यवस्था नहुँदा विद्यार्थीले स्थानीयबासीका निजी घरमा महंगो मूल्य तिरेर बस्नुपर्ने बाध्यता छ।
नेता भट्टराईले शिक्षालयबाट उत्पादित जनशक्तिले राम्रो रोजगारी पाएको सुन्दा खुसी लागे पनि शिक्षलयमा आवासको व्यवस्था र योजनासमेत नहुनुलाई बिडम्बनापूर्ण भनेका छन्।
यश शिक्षालयमा फार्मेसी, रेडियोग्राफी, सिभिल इन्जिनियरिङ, सर्भे इन्जिनियरिङ, होटल म्यानेजमेन्टसहित प्राविधिक धार तर्फका सातवटा संकायमा पठनपाठन भइरहेको फार्मेसीमा दोस्रो वर्ष अध्यनरत विद्यार्थी इन्द्रजित सिंहले जानकारी दिएका छन् ।
शिक्षालयमा अहिले पनि भौतिक संरचना निर्माणको काम चलिरहेको छ। कोरियन सरकारको एक अर्ब भन्दा धेरै आर्थिक सहयोगमा शिक्षालयमा भवनहरु निर्माणको काम भइरहेको क्याम्पस प्रशासनले जनाएको छ।