
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, १९ श्रावण
जिल्ला क्रिकेट संघ महोत्तरीको ८ औं साधारण सभा तथा जिल्ला अधिवेशन जलेश्वर नगरपालिकाका नगरप्रमुख सुरेश साह सोनार को प्रमुख आतिथ्यमा सम्पन्न भएको छ ।
जिल्ला क्रिकेट संघ महोत्तरीका अध्यक्ष रोशन कुमार सिंहको अध्य्क्षता उद्घाटन तथा बन्द सत्र सम्पन्न भएपश्चात जिल्ला क्रिकेट संघ महोत्तरीको नया कार्यसमिति चयन गरिएको थियो । ८ औं जिल्ला अधिवेशन बाट निर्विरोध चयन भएका नया कार्यसमिति ९ जना पदाधिकारीहरूको नामावली यस प्रकार रहेको छ । अध्यक्ष– रोशन कुमार सिंह, उपाध्यक्ष– राजिव कुमार झा, सचिव– दिपेन्द्र कुमार यादव, कोषाध्यक्ष– सैफ अलि अंसारी, सदस्य– मुकेश कुमार साह, सदस्य– राहुल प्रताप सिंह, सदस्य– कामिनी सिंह, सदस्य– गोपाल कुमार सिंह, सदस्य– सचिन मण्डल लगायतका रहेका छन् ।