विगत केहि दिनदेखि हाम्रो समुदायमा व्यापक रुपमा आँखा पाक्ने रोग फैलिरहेकोले उक्त रोगबाट बच्न र बचाउनको लागि सबै जनसमुदायले धैर्य धारण गर्नुको साथ साथै आँखा विशेषज्ञ वा चिकित्सकको सहयोग लिन आवश्यक छ । चिकित्सकहरुको अनुसार यो भाइरल रोग हो जुन मौसममा आएको असन्तुलनको कारण हुने गर्दछ । यो रोग लागि सकेपछि ज्यादै चिन्तित हुनु हुदैन । किनभने योे रोग लागि सकेको एक हप्ताभित्र निको भएर जान्छ तर समस्या बढ््दै गएमा तुरुन्त स्वास्थ्य संस्थामा गई स्वास्थ्यकर्मीको सल्लाह लिनु पर्दछ । यस रोगको प्रारम्भिक लक्षणहरुमा एक्कासी एउटा वा दुईटै आँखा रातो हुने,आँखा धेरै चिलाउने,आँखामा अनावश्यक कचेरा लाग्ने तथा टाँसिने,आँखाबाट पानी बगीरहने,आँखा सुन्निने,दुख्ने वा विझाउने,उज्यालो प्रकाशमा हेर्न समस्या हुने आदि हुन सक्दछ । यो रोगबाट बच्नको लागि केहि उपायहरु अपनाउन सकिन्छ जस्तो की जथाभावि रुपमा आँखा नछुने वा हात राम्ररी साबुुन पानीले धोएर सफा राख्ने,सफा पानीले आँखा सफा गर्ने,अरुले प्रयोग गरेका रुमाल वा अन्य कपडडा प्रयोग नगर्ने तथा व्यक्तिगत सरसफाईमा ध्यान दिने आदि हुन् । यसैगरी यो रोेग लागि सकेको छ भने त्यस्ता विरामीहरुले पटक—पटक सफा चिसो पानीले आँखा सफा गर्ने,आँखा छोई सकेपछि हरेक पटक साबुुन पानीले हात सफा गर्ने,आफूले प्र्रयोग गर्ने रुमाल,तौलिया,अन्य कपडा छुट्टाछुट्टै राख्ने र अरुलाई प्रयोग गर्न वा छुन नदिने,कालो चस्माको प्रयोग गर्ने,आफूले प्रयोग गरेकोे सिरानीको खोल,तन्ना हरेक दिन सफा गर्ने,जथाभावी रुपमा चिकित्सकको सल्लाह बिना आँखामा औषधी प्रयोग नगर्ने जस्ता साबधानी अपनाइयो भने यो रोगको संंक्रमणलाई रोक्न वा न्यूनिकरण गर्न सकिन्छ चिकित्सकहरुले सुझाएका छन्् । यतिबेला सबै जनसमुदायले पौष्टिक आहारमा समेत ध्यान दिनु अति आवश्यक रहेको देखिन्छ ।
अहिले जनकपुरधाम उपमहानगरले यहि रोगबाट बच्न तथा संक्रमण रोक्नको लागि एक हप्तासम्म सामुदायिक तथा नीजि विद्यालय विदा राख्ने निर्णय गरेको छ । तर यो मात्र निर्णयले योग रोग नियन्त्रण हुने जस्तो आधार देखिदैन । किनभने यो मौसमी असन्तुलनको प्रभावले आँखाको संक्रमण फैलिएको हो । यो रोग मात्र विद्यालयमा वा विद्यार्थीहरुलाई लाग्ने होइन । हामी जहाँ भए पनि जुनसुकै बेला जो कोहिलाई पनि लाग्न सक्छ । अहिले यो रोग घरमा मात्र एक जनालाई भए पछि अरुलाई तुरुन्त सर्छ अनि घर छोडेर जानु राम्रो हुदैन । यसको व्यवस्थापन तथा जनचेतनामुलक जानकारी विभिन्न संचारमाध्यमहरुबाट गर्न गराउन जरुरी छ । अहिले आँखा अस्पतालहरुमा जो कोहिलाई पनि आँखाको ड्रोप तथा चस्मा किन्न चिकित्सकहरुले सल्लाह दिदै छन् । अर्थात सबैलाई एकै किसिमको औषधी आवश्यक हुदैन होला । अहिले जनकपुरधामको आँखासँग सम्बन्धित अस्पतालहरुमा विरामीहरुको चाप बढेकोले त्यहाँ अनुगमन तथा समयमै व्यवस्थापनको लागि निर्णय गर्न जरुरी छ । यहाँको जनतालाई उपमहानगरको स्वास्थ्यकर्मीहरु लगायत अन्य स्वास्थ्यसँग सम्बन्धीत निकायहरुको सहयोग लिएर निःशुल्क ड्रोप तथा आवश्यक सामाग्रीहरु वितरण गर्न गराउनमा सहयोग गर्न आवश्यक देखिन्छ । अहिले विपत व्यवस्थापन समितिले समेत यसको सामाधानको लागि पहल तथा निर्देशन गर्न जरुरी रहेको देखिन्छ । आवश्यक परामर्श तथा औषधी वितरण वडा कार्यालयहरुबाट नै गराउदा बेस हुन्थ्यो । यसको लागि विपक्षी स्थानिय जनप्रतिनिधिहरु तथा जनता स्वंयले समेत पहल गर्न गराउन जरुरी छ ।