भौतिक पूर्वधार विकास मन्त्री यादव द्वारा रौतहट जिल्लामा बाढीबाट भएको जनधनको क्षति सम्बन्धी प्र.जि.अ.संग यथार्थ जानकारी लिए – Jaleshwortoday

भौतिक पूर्वधार विकास मन्त्री यादव द्वारा रौतहट जिल्लामा बाढीबाट भएको जनधनको क्षति सम्बन्धी प्र.जि.अ.संग यथार्थ जानकारी लिए

 २८ श्रावण २०८०, आईतवार २१:२१  
gg

जलेश्वरटुडे समाचारदाता
रौतहट, २८ श्रावण

नेपाली काँग्रेसका मधेश प्रदेशका सभापति एवं मधेश प्रदेश सरकार का भौतिक पूर्वधार विकास मन्त्री कृष्ण प्रसाद यादवले रौतहट जिल्लामा बाढीबाट भएको जनधनको क्षति सम्बन्धी प्रमुख जिल्ला अधिकारी संग यथार्थ जानकारी लिएका छन्।

रौतहट का प्रमुख जिल्ला अधिकारी धर्मेन्द्र कुमार मिश्रले गत मंगलवार वागमती, झाझ, र लालबकैया नदीमा आएको बाढीबाट प्रत्यक्ष रुपमा १७५ घरपरिवार प्रभावित भएको जानकारी गराए । उनीहरलाई तत्कालिन रुपमा जिल्ला विपद व्यवस्थापन समितिबाट राहत उपलब्ध गराईएको बताए । मधेस प्रदेश गृहमन्त्री तथा सचार मन्त्री मो.शमिमले जिल्ला प्रशासन रौतहट कार्यालय मार्फत वितरण गराउन सुझाव दिनु भयो ।

राजपुरको वैरियामा लालबकैया नदीको बाँध भत्किदा वैरिया गाउँका ५० घरधुरी प्रभावित भएका थिए । जसमध्ये अधिकाँश घर फर्किएको छ भने १५ घरपरिवार अझै राहत शिविरमा बसिरहेका छन् र उनीहरुलाई भोजन गराउन सामुहिक रुपमा मेस संचालन गराइएको समेत प्रजिअ मिश्रले मन्त्रीद्धयलाई जानकारी दिए ।

नेपाली काँग्रेसका प्रदेश सभापति एवं भौतिक पूर्वाधार विकास मन्त्री यादवले अहिले सम्म जिल्ला प्रशासन कार्यालय रौतहटद्धारा बाढी पिडितलाई उद्धार एवं राहत कार्यको सराहना गर्दै प्रदेश सरकारबाट प्रत्येक परिवारलाई तत्कालिन राहतको बन्दोबस्त मिलाइएको हुँदा जिल्ला विपद व्यवस्थापन समितिको माध्यमबाट पिडित परिवार समक्ष पुर्याउन प्रजिअ मिश्रलाई निर्देशन दिए ।
यसैगरी मन्त्रीद्धय यादव र मह्म्मदको सहितको जिल्ला सुरक्षा समितिको टोली बाढी प्रभावित बस्ती राजपुरको वैरिया गएको तथा त्यहाँबाट दुर्गा भगवतीको बडहर्वा, राजदेवीको चण्डिहा, ब्रम्हपुरी र लक्ष्मिपुर बेलविछवामा बाढीबाट प्रभावित भएका बस्तीमा प्रत्यक्ष रुपमा उपस्थित भई समस्या समाधानको आवश्यक पहल गर्ने नेपाली काँग्रेस मधेश प्रदेश सुचना संचार तथा प्रचार प्रसार विभागका प्रमुख नितेश गुप्ताले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयमा नेपाली काँग्रेसका उपसभापति एवं राजदेवी नपाका पूर्व प्रमुख धिरेन्द्रकुमार सिंह, युवा नेता एवं गौर नगरका अध्यक्ष मोहन यादव, श्रीराम यादव, लगायत नेपाली प्रहरीका एसपी विरबहादुर बुढामगर, सशस्त्र प्रहरीका एसपी माधव रेग्मी, राष्ट्रिय अनुसन्धानका उप निर्देशक चन्दन झा सहितका सुरक्षा अधिकारीहरुको उपस्थिति रहेको थियो ।