महोत्तरीको औरही बजारमा भयानक आगलागी – Jaleshwortoday

महोत्तरीको औरही बजारमा भयानक आगलागी

 ७ मंसिर २०७७, आईतवार २३:०२  
Fire

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ७ मंसिर

महोत्तरीको औरही बजारमा दुई तले हार्डवेयर पसलमा आगलागी भएको छ । आइतबार राति ८ बजे औरही नगरपालिका १ स्थित औरही बजारमा महेश्वर रौनियारको अम्बिका जेनरल स्टोरमा आगलागी भएको हो । पसल सञ्चालक रौनियारको अनुसार अन्दाजी १ करोड ५० लाख लगानीमा रहेको हार्डवेयरमा अहिले पनि आगलागी जारी छ । प्रहरी घटनास्थलमा पुगेपनि बारुण यन्त्रको अभावमा आगलागी नियन्त्रण हुन नसकेको उनले बताए । दुई तले भवनमा रहेकोे भान्सा ठोका भित्रको ग्यास सिलिन्डरसमेत विस्फोट भएको रौनियारको भनाइ छ । पसलमा बिजुली सट भई आगलागी भएको बताइएको छ ।