रामएकवाल राम
सिरहा, २९ श्रावण
सप्तरीको सुरुङ्गा नगरपालिका -५ स्थित कुशहामा उपराष्ट्रपति रामसाहय प्रसाद यादवको प्रमुख आतिथ्यमा जिनिस अस्पताल प्रा.लि. को समुदघाटन गरेको छ ।महेन्द्र राजमार्गको किनारमा तेह्र काठ्ठा क्षेत्रफलमा तीस करोडको लगानिमा सुबिधा सम्पन्न अस्पताल निमार्ण भएको हो । आइतबार अस्पताल समुदघाटन समारोहमा मधेश प्रदेशका भूमि ब्यवस्था तथा सहकारी मन्त्री गोविन्द बहादुर न्याैपाने ,सिरहा क्षेत्र नम्बर -१ का प्रतिनिधि सभा सदस्य रामशंकर यादव, मधेश प्रदेश सभा सदस्य अनिरूद्व सिंह यादव , सप्तरीका जिल्ला समन्वय समिति प्रमुख शिव नारायण साह, सरूङ्गा नगरपालिका नगर प्रमुख गिता चाैधरी , लहान न. पा. का उप मेयर रामचलितर महतो, बलान बिहुल गा. पा. अध्यक्ष खेम्चन्द्र यादब, रुपनि गा. पा. अध्यक्ष दिनेश कुमार यादब, कलाकार , तथा पत्रकारहरुको सहभागी रहेको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै उपरास्ट्रपति यादवले मधेश प्रदेश अहिले रेफर सेन्टरको रुपमा स्थापित हुँदा यो अस्पताल निजि क्षेत्रबाट भएता पनि गरिब,निमुखा जनतालाई सहुलियत दरमा राम्रो उपचार गर्ने सेवाको सुनिश्चितता र समयमा सहि उपचार उपभोक्ताकाे गाेपनियता कायम साथ राख्दै नियमित परिक्षण कार्यलाई मध्य नजर गरि सेवा संचालन गर्नु जरुरी रहेको बताएको छ।निजी स्तरमा संचालन भएका अस्पतालबाट सप्तरी, सिरहा र उदयपुरका स्थानीयहरूले स्वास्थ्य उपचार गराई लांभावीत हुने बताएको छ ।विधिवत रुपमा सन्चाल गरेको कार्यक्रमलाई समाप्न गर्दै डा. यादवले उपस्थित सबैमा धन्यवाद व्यक्त गर्दै एक महिना सम्म नि: शुल्क ओ. पि. डि सेवा , इमर्जेन्सी सेवा, नर्मल डिलेभरी सेवा , बेड भर्ना सेवा, दिशा र पिसाब जाच सेवाको साथै प्रेसर र सुगर जाच सेवा समेत नि: शुल्क रहेने अस्पतालमा जटिल रोगको पनि उपचार हुने बताए ।