जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधामद्वारा श्रावण विशेष (मेहन्दी) कला सम्पन्न – Jaleshwortoday

जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधामद्वारा श्रावण विशेष (मेहन्दी) कला सम्पन्न

 ३० श्रावण २०८०, मंगलवार २२:१८  
gg

जलेश्वरटुडे समाचारदाता
धनुषा, ३० श्रावण

जनकपुर आर्ट एण्ड क्राफ्ट जनकपुरधाम द्वारा श्रावण विशेष (मेहन्दीप) कला सम्पन्न भएको छ ।

श्रावण विशेष महिनामा (मेहन्दी) जनकपुर आर्ट एण्ड क्राफ्ट का संस्थापक अजित साह र यस आर्ट एण्ड क्राफ्टका निर्देशक अशोक साह को निर्देशनमा संचालन भएको थियो ।

श्रावण विशेष ( मेहन्दी ) कार्यक्रम आयोजक इन्द्रजीत महतो को विशेष आयोजनामा यस आर्ट एण्ड क्राफ्ट ले आफ्नो कला संस्कृति जोगाउन र प्रबर्दनका निम्ति श्रावण विशेष ( मेहन्दी ) कार्यक्रम  श्रावण को प्रत्येक सोमबार जनकपुर , शिव मन्दिरको अगाडि श्रद्धालु भक्तजन हरुलाई नि:शुल्क मेहन्दी लगाई श्रावण मनाइरहेका छन् ।

यसले आफ्नो कला संस्कृति लाई जोगाउनु को साथ साथै महिलाहरूमा हौसला र आत्मलबलका पनि विकास भइरहेका छन् ।

यस आर्ट एण्ड क्राफ्टले चाड बाड को समयमा मिथिला कला संस्कृति झल्किने गरी निःशुल्क प्रोग्राम चलाउदै आई रहेका छन् ।

यस प्रोग्राम मा सहभागी पल्लवी कर्ण, सोनी साह, पूर्णिका शर्मा हरुको साथ सहयोगमा यस आर्ट एण्ड क्राफ्ट ले श्रावण विशेष ( मेहन्दी ) प्रोगाम सञ्चालन गरेका थिए । र श्रावण अन्तिम सोमबारका दिन धूमधाम पूर्वक कार्यक्रम सकाको इन्द्रजीत महतो जानकारी दिएका छन् ।