सप्तरीका सिडिओ थापाको सरुवा, थापाको ठाउँमा थापा आउदैँ – Jaleshwortoday

सप्तरीका सिडिओ थापाको सरुवा, थापाको ठाउँमा थापा आउदैँ

 ३० श्रावण २०८०, मंगलवार २२:२५  
rr

जलेश्वरटुडे समाचारदाता
सप्तरी, ३० श्रावण

जिल्ला प्रशासन कार्यालय,सप्तरीको प्रमुख जिल्ला अधिकारी (सिडिओ) भुपेन्द्र थापा सरुवा भएका छ्न् । उनलाई चितवनको प्रमुख जिल्ला अधिकारीको जिम्मा दिइएको छ ।

प्रेस स्वतन्त्रता विरोधी उर्दी जारी गरेपछि विवादमा मुछिएका सिडिओ थापा चितवन सरुवा भएका हुन् । जिल्ला प्रशासन कार्यालय सप्तरीको नयाँ सिडिओमा नुवाकोटका प्रमुख जिल्ला अधिकारी किरण थापा आउँने गृह मन्त्रालयको निजामती कर्मचारी प्रशासन शाखाका उपसचिव कृष्ण प्रसाद शर्माले जानकारी दिए ।

थापाको ठाउँमा नुवाकोटबाट किरण थापा सप्तरीको प्रमुख जिल्ला अधिकारीमा आउने उनले जानकारी दिए । प्रेस स्वतन्त्रता विरुद्ध सुचना जारी गरेका सिडिओ थापा विरुद्ध सप्तरी पत्रकार महाँसंघ एकहप्ता देखि संघर्षमा छ्न् ।