जलेश्वरमा १६ जनाको प्रशिक्षण सम्पन्न
जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ३१ श्रावण
निर्वाचित महिला जनप्रतिनिधिलाई थप सक्षम बनाउने उद्देश्यले माण्डवीले दिदै आएको विभिन्न चरणको प्रशिक्षण अन्तरगत बुधबार मध्यवर्ती तालिम महोत्तरीको जलेश्वरमा सम्पन्न गरेको छ । महोत्तरीको पिपरा गाउँपालिकाका १५ जना तथा धनुषाको मुखियापट्टी मुसहरनियाँका एक जना निर्वाचित महिला जनप्रतिनिधि गरी १६ जनालाई तीन दिवसीय मध्यवर्ती प्रशिक्षणको पहिलो मोड्युल बुधबार सम्पन्न भएको छ । सो प्रशिक्षणमा सहभागीहरुलाई प्रशिक्षकद्वय सेतारमान ठोकर र पार्वती भट्टराईले नैतिकवान नेतृत्व, समस्या विश्लेषण गर्न सक्ने क्षमताको विकास,सामाजिक संजालमा हुने दोषपुर्ण अभिव्यक्ति प्रति कसरी सचेत भई अगाडी बढ्ने, वडास्तरमा हुने तथ्यांक विश्लेषण तथा आवधिक गर्ने विधिहरु, लगायतका विषयमा प्रशिक्षण दिनु भएको माण्डवीका शी लिड्स महिला नेतृत्व परियोजनाका कार्यक्रम अधिकृत अरविन्द कुमार चौधरीले जानकारी दिनुभयो । मध्यवर्ती प्रशिक्षणमा सहभागी भएका महिला जनप्रतिनिधिहरुले प्रशिक्षण पछि अब समुह बनाएर आ–आफ्ना वडामा द्वेशपुर्ण तथा अभिव्यक्ति तथा दुष्प्रचारका विरुद्धमा घरदैलो गरी जनचेतनामुलक कार्यक्रम गर्ने छन् । यो भन्दा पहिला धनुषा तथा महोत्तरीका विभिन्न पालिकाका निर्वाचित महिला जनप्रतिनिधिहरुले सो तालिम लिएपछि वडास्तरमा जनचेतनामुलक कार्यक्रमहरु गर्दै छन् । अष्ट्रेलियन एड तथा स्वीस सरकार विकास नियोगको आर्थिक सहयोग तथा आईएफईएस नेपालको प्राविधिक सहयोगमा तथा माण्डवीको साझेदारीमाशि लिड्स कार्यक्रम अन्तरगत निर्वाचित महिला जनप्रतिनिधिहरुलाई विभिन्न चरणको प्रशिक्षण दिइएको छ ।