नेपाल भारत सिमानाका खोल्नुपर्ने माग गर्दै अनिश्चित कालिन धर्ना – Jaleshwortoday

नेपाल भारत सिमानाका खोल्नुपर्ने माग गर्दै अनिश्चित कालिन धर्ना

 ७ मंसिर २०७७, आईतवार २३:१४  
Boarder

जलेश्वरटुडे समाचारदाता
धनुषा, ७ मंसिर

नेपाल भारत सिमानाका खोल्नुपर्ने माग गर्दै धनुषामा अनिश्चितकालिन धर्ना सुरु गरिएको ५ दिन बितेपनि सम्बन्धित निकायले कुनै पहल गरेको छैन् ।
कोरोनाका कारण विगत लामो समयदेखि बन्द भएको सिमानाका खोल्नुपर्ने माग गर्दै नेपाल भारत खुला सिमा संवाद समूहको आयोजनामा धनुषाको विदेह नगरपालिका वडा नम्बर–२ दुहबी टोलमा अनिश्चितकालिन २ घण्टे धर्ना गत बुधवारदेखी नै जारी रहेपनि सम्बन्धित पक्ष भने मौन रहेको छ । जनजीवन सहज भएपनि अहिले सम्म सिमानाका बन्द गरेर नेपाल सरकारले सधैंको लागी सिमा बन्द गर्ने षड्यन्त्र गरिरहेको धर्नामा बस्नेहरुले आरोप लगाएको छ । उनीहरुले सरकारले सिमानाका अबिलम्ब खुला नगरे आफुहरुले बैरियर हटाइदिने चेतावनी दिएका छन् । धर्नामा नेपाल भारतको मैत्री चाहने दुबैतर्फका बुद्धिजीवी, विद्यार्थी, व्यापारी सहित स्थानियबासीहरुको दैनिक ठुलो संख्यामा सहभागीता रहने गरेको छ । धर्नाको अगुवाई जनता समाजवादी पार्टीका केन्द्रीय सदस्य समेत रहेका नेपाल भारत खुला सिमा संवाद समूहका संयोजक राजीव झाले गरेका छन् । सिमा नखुलेसम्म धर्ना प्रत्येक दिन दिउँसो १ बजे देखि ३ बजे सम्म जारी रहने बताइएको छ ।