डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न काठमाडौंमा वायो लार्भिसिद (bio larvicide)छर्किए – Jaleshwortoday

डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न काठमाडौंमा वायो लार्भिसिद (bio larvicide)छर्किए

 ५ भाद्र २०८०, मंगलवार २१:४८  
ff

गणेश कुमार सिंह
काठमाडौं, ५ भाद्र

काठमाडौमा डेंगी रोग फैलन नदिन लाम्खुट्टेको लार्भा नस्ट गर्न नेपालमै पहिलो पटक वायो लार्भिसिद ( bio larvicide ) छर्ककिएको छ ।

यो औषधि जैविक भएको कारणले लामखुट्टे र त्यसका लार्भालाईबाहेक कसैलाई पनि हानी गर्दैन । यो विषादि होइन । औषधिलाई पानीको माथिलो भागमा छर्कनु पर्दछ । यसले लार्भाको पेटमा विष उत्पन्न गर्छ । यसबाट उसको पाचन प्रक्रिया नष्ट हुन्छ । यसबाट पूर्ण विकसित हुन नपाउँदै लार्भा मर्दछ्न । औषधिले डेंगीसहित, फिलारिया, औलो (मलेरिया), चिकन्नीयाजस्ता रोग फैलाउने सबै प्रजातिका लामखुट्टेका लार्भा र प्युपा नष्ट हुने छन् ।

यससँगै डेङ्गी रोगको बारेमा परामर्श दिन निःशुल्क हटलाइन टेलिफोन ११८० बाट २४ सै घण्टा सञ्चालनमा रहेको छ । अस्पताल जानु परे १०२ नम्बर सम्पर्क गरेर निःशुल्क एम्बुलेन्स प्रयोग गर्न सक्ने व्यवस्था मिलाइएको छ । स्वास्थ्य प्रवर्धन केन्द्रहरुमा डेंगी रोगको उपचारका लागि चाहिने सिटामोल, जीवन जल लगायत आवश्यक औषधिको वितरणको व्यवस्था मिलाइएको छ ।