टीकापुरमा सहादत प्राप्त नाबालक साउदको सालिक अनावरण गरियो – Jaleshwortoday

टीकापुरमा सहादत प्राप्त नाबालक साउदको सालिक अनावरण गरियो

 ७ भाद्र २०८०, बिहीबार २१:४१  
gg

जलेश्वरटुडे समाचारदाता
टीकापुर, ७ भाद्र

आज टीकापुर घटनाको ८ वर्ष पुरा भएको छ । टीकापुर घटना घटेको यि ८ वर्षमा राजनीतिक उतारचढाप धेरै भए । यि सबै घटनालाई राजनीतिक तवरबाटै बुझ्न र सामाजिक सद्भाव सधै कायम गर्न रेशमलाल चौधरीले आग्रह गरेका छन् । टीकापुर घटनामा सहादत प्राप्त गरेका नाबालक टेकबहादुर साउँदको पूर्णकदको सालिक टीकापुरमा अनावरण गर्दै रेशमले सद्भाव र समृद्धिको भावनासहित अघि बढ्न आग्रह गरे । ‘टीकापुरमा धरै सद्भाव जोडिनु पर्छ । टीकापुर फुटेको छैन जुटेको छ । हाम्रो सद्भावलाई बाहिरको मान्छे आएर खलबलाइदिने प्रयास नगरिदिनुहोस’, उनले भने, ‘हामी चाहन्छौ हाम्रो शान्ति र समृद्धिको यात्रामा सम्पूर्ण टीकापुरबासी एक हुने छौँ ।’ उनले टीकापुर घटना घटेको नभई घटाइएको र यो घुसपैठ गरेर भएको आरोप छ ।

सो कार्यक्रमको प्रमुख अतिथि भूमि व्यवस्था सहकारी तथा गरिवी निवारणको मन्त्री रन्जिता श्रेष्ठ चौधरी समेतले आफ्नो मन्तव्य राख्ने क्रममा आफूले आमाको रुपमा सहादत प्राप्त साउदको बलिदानलाई बुझ्न सक्छु बताएका थिए ।