कृषक समूह तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न – Jaleshwortoday

कृषक समूह तथा सरोकारवाला सँग अन्तरक्रिया कार्यक्रम सम्पन्न

 ८ भाद्र २०८०, शुक्रबार १७:०२  
dd

tt

गणेश कुमार सिंह
जलेश्वर, ८ भाद्र

जलेश्वरमा कृषक समूह र सरोकारवाला बीचको सम्बन्ध विस्तार गर्नका लागि एक दिने अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

सेभ-द चिल्ड्रेनको आर्थिक सहयोगमा रतौली युवा क्लबद्धारा संचालन गरिएको समुन्नति कार्यक्रम सहकार्यमा अन्तरक्रिया कार्यक्रम गरिएको हो।

कृषकसमूहहरुको क्षमता विकास तथा सरोकारवाला निकायसँगको सम्बन्ध विस्तार तथा श्रोतहरुमाथि थप पहँुच विस्तार गर्न कार्यक्रम संचालन गरिएको CSL अधिकृत राहुल चौधरीले बताए।

नेपाल रेडक्रस सोसाइटीको तालिम हलमा आयोजना गरिएको कार्यक्रममा कृषक समुहहरुबाट १९ जनाको सहभागिता थियो। कार्यक्रमको सहजीकरण गराउन कृषि ज्ञान महोत्तरीको तर्फ बाट अधिकृत राजकिशोर यादव र जलेश्वर नगरपालिका कृषि शाखाका प्रमोद कुमर मण्डल र रतौली युवा क्लब बाट जे.टि./जे.टि.ए गणेश कु.सिंह कुशवाहा, सामुदायिक परिचालक प्रमोद यादव र CSL अधिकृत अखलेश कुमार झाले गरेका थिए।

कृषि ज्ञान तर्फ र जलेश्वर नगरपालिकाको कृषि शाखा बाट आउनु भएका पदाधिकारीहरुलाई खेतीमा जंगली जनावर बाट हुँदै आएको आतंक र सिचाइ व्यवस्था मिलाई दिनुहुन चार बटै कृषक समूहहरुले आग्रह गरेका छन् । साथै हामीलाई नगरपालिका र कृषि ज्ञान बाट किसानहरुले पाउदै गरेको सेवा सुविधाहरू सके सम्म उपलब्ध गराई दिनुहुन समेत कृषकहरुले अनुरोध गरेका छन् ।

कृषक समूहहरुको संस्थागत विकासका साथै श्रोतमाथि पहुँच बृद्धि गर्नको यस्ता कार्यक्रमहरुलाई  निरन्तरता दिनुपर्ने  समुन्नति कार्यक्रम संयोजक पुजनरायण साहले बताए।