भिठामोड सिमानाका खोल्न माग गर्दै जलेश्वरमा कांंग्रेसको धर्ना – Jaleshwortoday

भिठामोड सिमानाका खोल्न माग गर्दै जलेश्वरमा कांंग्रेसको धर्ना

 ९ मंसिर २०७७, मंगलवार ०१:१३  
Vithamode

जलेश्वरटुडे समाचारदाता
महोत्तरी, ८ मंसिर

नेपाल–भारत सीमा नाका खोल्न माग गर्दै नेपाली काँग्रेसका नेता कार्यकबर्ताले महोत्तरीको सदरमुकाम जलेश्वरको खैरा चोकमा आधा घण्टा धर्ना दिएका छन् । नेपाली काँग्रेस जलेश्वर नगर कमिटीको सभापति अशोक कुमार साहको नेतृत्वमा सोमबार आधाघण्टा धर्ना दिइएको हो । कोरोनाको कारण सरकारले लामोसमयदेखि सीमा नाका बन्द गर्दा नेपाल–भारत बीच सदियौदेखि चलिआएको बेटिरोटीको सम्बन्ध, दुबै देशका नागरिकहरु बीच वैवाहिक, सांस्कृतिक, धार्मिक आदिमा असर परेको काँग्रेसको ठहर छ । यस्तो अवस्थामा सरकार संवेदनशील नभएको कारण दबाब दिन आधा घण्टा धर्ना दिएको नेविसंघ महोत्तरीका जिल्ला अध्यक्ष आशुतोष झा नवीनले जानकारी दिए । धरना कार्यक्रममा काँग्रेसका नेता एवं पुर्व केन्द्रिय सदस्य रामचन्द्र तिवारी, काँग्रेस महोत्तरीका पुर्व सचिव बजरङ नेपाली, वर्तमान सचिव शम्भु पाठक, क्षेत्रीय सभापति राघवेन्द्र झा, तरुण दल जिल्ला अध्यक्ष विनय यादव, जिल्ला सदस्य प्रवेन्द्र पाठक, नेविसंघ निवर्तमान केन्द्रिय सदस्य विजय राय, नेविसंघ जिल्ला अध्यक्ष आशुतोष झा नवीन, तरुण दल क्षेत्रीय सभापति दिलिप पाण्डे, नेविसंघ नेता राममिलन यादव, निवेश मण्डल ,आदित्य साह, बादल कुमार साह लगायत सहभागि थिए ।कोरोना संक्रमण फैलिन नदिन सरकारले लकडाउनसंगै सीमानाका बन्द गरेको थियो । तर पछिल्लो समय सरकारले लकडाउन खोलेपनि सीमानाका बन्द यथाबत राखेको छ । महोत्तरी जिल्लाको मुल नाका मलिबारा (भिठामोड) भन्सार र सहयोगी नाकाहरु अहिलेसम्म पुर्ण रुपमा बन्द नै राखेको स्थानीयको भनाइ छ । सीमा नाका बन्दको कारण नेपाल–भारत सीमासंग जोडिएका जिल्लाहरुमा जनजीवनमा दैनिकी समस्याहरु थपिदै गइरहेको छ ।