जनकपुरधाममा लहेरी समाजले मनाए अंकुट महोत्सव – Jaleshwortoday

जनकपुरधाममा लहेरी समाजले मनाए अंकुट महोत्सव

 ९ मंसिर २०७७, मंगलवार ०१:२९  
Janakpurdham

जलेश्वरटुडे समाचारदाता
धनुषा, ८ मंसिर

जनकपुरधाममा श्री देवअंशी लहेरी स्वजाति समितिले एउटा कार्यक्रम बीच अक्ष््य नवमी तिथिमा सोमबार अंकुट महोत्सव मनाएका छन् ।

कार्यक्रमको शुरुवात व्यवस्थापक स्व.सदरी साहको आत्माको शान्तिको लागि २ मिनेतको मौन धारण गरेर गरिएको थियो । कार्यक्रममा लहेरी समाजको चौरासिबाट आएका स्वजाति गण,नव कार्य समिति पदाधिकारीहरु , विशिष्ट अतिथिहरुमा प्रदेश नं. २ को सामाजिक विकास मन्त्री नवल किशोर साह,जउनपा नगर प्रमुख लाल किशोर साह,जसपा केन्द्रिय सदस्य विभा ठाकुर,ममता चौधरी,जसपा धनुुषा जिल्ला अध्यक्ष संजय सिंह लगायत विभिन्न संगठन तथा युुवा कल्बका पदाधिकारीहरु,संचारकर्मीको बाक्लो उपस्थिति रहेको थियो ।

 

कार्यक्रममा नगर प्रमुख साहले श्री सत्यनारायण भगवान मन्दिरलाई पर्यटकीय रुपमा अगाडी बढाउनुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

त्यसैगरी सामाजिक विकास मन्त्री साहले जाति विच विविधता रहे पनि सबै जाति एकत्रित भएर विकासको बाटोमा अगाडी बढनुुपर्ने आवश्यकता रहेको बताउनुभयो ।

श्री सत्य नारायण भगवानको महिमाको बखान गर्दै वहाँको पुजाआजाले मनबाँचित फल प्राप्त हुने बताउनुुभयो । साथै यस क्षेत्रमा रहेको सत्यनारायण भगवानको मन्दिरमा पुजाआजा गर्न समेत आग्रह गर्नुभयो ।

कार्यक्रममा उपस्थिति विशिष्ट अतिथि तथा मन्दिरको प्लाष्टर,रंगरोगन,टाइल्स व्यवस्थापन,अन्य मन्दिरसँग सम्बन्धित कार्यमा सहयोग गर्ने

व्यक्तित्वहरु,अंकुट भण्डारामा सहयोग गर्ने सहयोगीहरु तथा स्वजातिहरुलाई माला तथा खाँदाले सम्मान गरिनुको साथै प्रसाद तथा भोज समेत खुवाइएको थियो ।

कार्यक्रममा करिब ३ सय जनाको उपस्थिति रहेको थियो ।

कार्यक्रममा अध्यक्षता समिति अध्यक्ष मुकेश कुमार साहले गर्नुुभएको थियो भने उद्घोषण समिति महासचिव पवन कुमार साहले गर्नुभएको थियो ।