जलेश्वरटुडे समाचारदाता
सुनसरी, ९ भाद्र
मन्दिरको अगाडि चर्च बनाएको तथा गौहत्या जस्ता हिन्दूविरोधी क्रियाकलापको विरुद्धमा हिन्दूवादीहरूले धरान पुगेर प्रदर्शन गर्ने तयारी गरे पनि प्रहरीले बीचमै रोकेपछि उनीहरूले तरहरामा पुगेर कोणसभा गरेका छन् ।
हिँडेरै तरहरासम्म पुगेका उनीहरूले त्यहाँ पुगेर नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले रोकेको थियो ।
इटहरीबाट हिन्दूवादीहरू प्रदर्शन गर्दै तरहरासम्म पुगेका थिए । त्यहाँ पुगेर नाराबाजी गर्दै टायर बालेर प्रदर्शन गर्न खोजे पनि प्रहरीले उनीहरूलाई रोकेको थियो ।
तरहरा पानी पियाबाट धरान करिब १८ किलोमिटर टाढा रहेको छ । त्यहाँबाट अघि बढ्न नपाएपछि प्रदर्शनकारीहरूले सोही क्षेत्रमा कोणसभा गरेका हुन्।
कोणसभा गरी उनीहरू त्यहाँबाट फर्केका छन् । उनीहरू फर्किए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन ।
आजको प्रदर्शनलाई ध्यानमा राखेर सुनसरी प्रशासनले शुक्रबार नै निषेधाज्ञा जारी गरेको थियो । त्यहीअनुरूप तरहरामा ठूलो सङ्ख्यामा प्रहरी परिचालन गरी आन्दोलनकारीहरूलाई प्रवेश निषेध गरिएको थियो।