जलेश्वरटुडे समाचारदाता
धनुषा, १६ भाद्र
अबैध वालुवा उत्खनन् गर्ने २ वटा ट्याक्टर नियन्त्रणमा लिएको छ।
मिति २०८०/०५/१६ गते अं. १०;३० बजेको समयमा जिल्ला प्रहरी कार्यालय धनुषाको मातहत ई.प्र.का. ढल्केवर धनुषाबाट खटिएको प्रहरी टोलीले जिल्ला धनुषा मिथिला नगरपालिका वडा नं. १० स्थित रातु खोला स्थितमा अबैध रुपमा उत्खनन् गर्दै गरेको अवस्थाबाट नियन्त्रणमा लिन सफल भएको छ ।
ज १ त ८६६६ र प्र.२-०२-००१ त ५६९ नम्बरको ट्याक्टरहरु नियन्त्रणमा लिई ई.प्र.का. ढल्केवर धनुषामा ल्याई थप अनुसन्धान कार्य भईरहेको ई.प्र.का. ढल्केवर धनुषाले जानकारी दिएका छन् ।